Comments Add Comment

४ महिनाको बच्चीलाई छ पटक हृदयाघात ?

काठमाडौं । एउटा मानिसलाई जीवनमा कति पटकसम्म हृदयाघात हुनसक्ला ? एक पटक, दुई पटक वा तीन पटक ? तर एउटी बच्चीलाई छ पजटकसम्म हृदयाघात भएको छ भन्दा तपाईलाई विश्वास लाग्ला ?

हो, भारतकी चार महिने बालिकालाई यस्तै भएको छ । आˆनो जीवनको झण्डै आधा समय अस्पतालमै विताएकी विदिशालाई अहिलेसम्म छ पटक हृदयाघात भइसकेको छ ।

उनलाई मुटु सम्बन्धी दुर्लभ समस्या देखिएको छ, जुन धेरै कम मानिसमा मात्र देखिने गर्छ । जसलाई ट्रान्सपोजिसन अफ द ग्रेट आर्टरिज भन्ने गरिन्छ ।

विदिशाका मातापितालाई उनको यो समस्याबारे त्यति बेला थाहा भयो, जतिबेला उनी मात्र ४५ दिनकी थिइन् । खाएको केही क्षणमै उनले रगत वान्ता गरेकी थिइन् । उनी बेहोश भएपछि चिकित्सक कहाँ लगियो ।
चिकित्सकले उनलाई विशेषज्ञ सहितको मुम्बइमै अवस्थित वाडिया अस्पतालमा लैजान सुझाव दिएका थिए । उपचारका क्रममा त्यहाँ कार्यरत चिकित्सकले विदिशालाई दुलर्भ समस्या भएको बताएका थिए । यो समस्या भएमा मुटुको संरचनाले सामान्य मुटु भन्दा विपरित हुने गर्छ ।

विदिशाको समस्या देखेर चिकित्सकहरुले उनको शल्यक्रिया गर्ने फैसला गरे । उनको १४ मार्चमा १२ घण्टा लगाएर शल्यक्रिया गरिएको थियो । यति लामो शल्यक्रिया पश्चात्त विदिसाको मुटु त ठीक भयो ।
तर, उनको कमजोर फोक्सो ठीक हुन सकेन । चिकित्सकहरुले बताए अनुसार विदिसाको जन्मिए लगत्तै शल्यक्रिाया गरिएको भए यो समस्या आउने थिएन । तर, अब उनको फोक्सोलाई कमजोर मुटुको बानी परिसकेको कारणले भने उनको फोक्सोले मुटुसितको तालमेल बनाउन सकिरहेको छैन ।

जसले गर्दा उनको रगतमा अक्सिजनको मात्रा कम हुने तथा कार्वन डाइअक्साइडको मात्रा बढी हुने गर्दथ्यो । त्यही खराब स्वास्थ्यका कारण उनलाई ५१ दिनसम्म सघन उपचार कक्ष -आईसीयु)मा समेत राखिएको थियो ।

खराब स्वास्थयकै कारण अहिलेसम्म विदिशालाई छ पटक हृदयाघात भइसकेको छ ।
जेहोस्, करिब दुई महिनाको अथक प्रयासपछि अब विदिशा स्वस्थ छिन् । उपचारकै लागि उनको मातापिता विशाखा र विनोदले करिब ५० हजार रुपैयाँ जुटाएका थिए । विदिशाका पिता एक निजी कम्पनीमा कार्यरत छन् ।

उनले अपचारका लागि आवश्यक थप रकम रकम अस्पतालले नै व्यवस्था गरिदिएको विविसीसितको कुराकानीमा बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment