शनिबार, १३ जेठ, २०७४
OnlineKhabar.com

वामदेवले भने-भरतपुरको मतगणना स्वाभाविक प्रक्रिया हो, हल्लाको पछि नलागौं

अनलाइनखबर


५ जेठ,काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले शुक्रवार दिनभरी सामाजिक सञ्जालहरुमा भरतपुर महानगरपालिकाको मतगणनालाई लिएर आफ्नो नाम जोड्दै भ्रम फैलाइएको भन्दै आपत्ति जनाएका छन् ।

अखिल नेपाल किसान महासंघका अध्यक्ष समेत रहेका गौतमको तर्फबाट महासंघका प्रचार बिभाग सचिव विश्वमणी सुवेदीले जारी गरेको प्रेस नोटमा हल्लाको पछि नलाग्न आग्रह गरिएको छ ।

भरतपुर महानगरपालिकाको मतगणनामा केही समय माओवादी केन्द्रकी रेणु दाहाल अग्रस्थानमा आउनासाथ सामाजिक सञ्जालमा रेणुलाई जिताएर बामदेवलाई प्रचण्डले प्रधानमन्त्री बनाउने सघाउने हल्ला एकाएक चलाइएको थियो । यो हल्ला सामाजिक सन्जालमा चलाउने र फैलाउनेमा अधिकांश एमाले कार्यकर्ता नै थिए ।

गौतमले यस्तो हल्ला फैलाइएकोमा आपत्ति जनाउँदै भनेका छन-मतगणना भइरहँदा उमेम्दारहरुको मतान्तर तल-माथि भइरहनु स्वभाविक प्रक्रिया हुँदाहुँदै यसलाई सरकार परिवर्तनको विषयसँग जोडेर अफबाह फैलाई सुनियोजित, षड्यन्त्रपूर्ण ढंगले बजार हल्ला चलायएकोमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।’

गौतमले यस्ता हल्लाहरुप्रति भत्र्सना गर्दै कपोलकल्पित बजार हल्ला तुरुन्त रोक्न र नियन्त्रण गर्न समेत सबैमा अपिल गरेका छन् ।

२०७४ जेठ ५ गते १८:५५ मा प्रकाशित (२०७४ जेठ ६ गते ५:५७मा अद्यावधिक गरिएको)
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
४ प्रतिकृयाहरू प्राप्त
  • prem sauad लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १९:१०

    gautam comrade vaneko kura 50% matra sahixa kinaki भरतपुर मनपा मेयर को रुखमाखसेको मत किन गोप्य छ अहिलेसम्म ? योसब लास्टमा प्रक्रिया पुर्याउनकोलागी हो नभय त्यो मत पनि सर्बजनिक होस!
    र ब्यक्तिगत स्वार्थमा नबिकोस एमाले

    0
    0
    Share

  • Mohan लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १९:५०

    हैन भन्न पनि सकिन्न नि! आखिर यो नेपाल हो!

    0
    0
    Share

  • Shishir Jung लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते २०:१०

    Bhartpur ma Renu dhal le jiti bhane uml le kahile pani jantako aasa na gare huncha

    0
    0
    Share

  • निसु लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते २२:३६

    माधव नेपाल ले पार्टि फुटाउन लागे भनेर हल्ला गर्नेहरु नै अहिले पनि सक्रिय ।

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this