Comments Add Comment

एमालेद्वारा संसद बैठक अवरुद्ध, संसदले राष्ट्रपतिलाई धन्यवाद दिन पाएन

११ जेठ, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध गरेको छ । स्थानीय तहको संख्या बृद्धिको विरोधमा एमालेले संसद अवरुद्ध गरेको हो ।

एमालेले राष्ट्रपति विद्या भण्डारीलाई सरकारको नीति तथा कार्यक्रम पेश गर्न दिएको थियो । राष्ट्रपतिलाई विदा गर्न आधा घन्टाका लागि स्थगित भएको संसद बैठक पुनः सुरु भए लगतै एमालेले अवरोध गरेको हो ।

बैठक सुरु भए लगतै एमाले सांसदहरुले आआफ्नो स्थानमा उठेर विरोध गरे । एमालेको अवरोधपछि संसद बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।

र, संसदले सरकारको नीति तथा कार्यक्रम पेश गरेकोमा राष्ट्रपतिलाई धन्यवाद दिन समेत पाएन ।

तस्वीरः कविन अधिकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment