Comments Add Comment

सुर्खेतमा दुर्लभ बन्यजन्तु रेडपाण्डाको छालासहित ३ जना पक्राउ

२० असार, सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले दुर्लभ वन्यजन्तुको छालासहित तीन जनालाई पक्राउ गरेको छ ।

दुर्लभ वन्यजन्तु रेडपाण्डा र चितुवाको छालासहित ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रहरीले कालिकोट महाबु-३ का ३८ वर्षीय दिपक सिंह, खाँडाचक्र नगरपालिका-३ का २४ वर्षीय रमित मल्ल र दैलेख नारायण नगरपालिका-११ का ३५ वर्षे बलबहादुर सिंहलाई पक्राउ गरेको हो ।

दुर्लभ रेडपाण्डाको २ थान र चितुवाको छाला २ थान, हड्डीसहित मंगलबार वीरेन्द्रनगर नगरपालिकाको यरिचोकबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) मोहन आचार्यले जानकारी दिए ।

पक्राउ परेकालाई जिल्ला वन कार्यालय, सुर्खेतलाई बुझाउने जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment