Comments Add Comment

बाबा बास्केटबल भोलिदेखि

११ भदौ, काठमाडौं । बाबा बोर्डिङ हाइ स्कुलको आयोजनामा दोश्रो बाबा थ्री वाइ थ्री अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ ।

प्रतियोगितामा जुनियर ब्वाइजमा १६, सिनियर ब्वाइजमा १६, सिनियर गल्र्समा १२ तथा स्टाफमा ८ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक डिकेश प्रधानले जनाएका छन् । प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख ८० हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । लिग कम नकआउट आधारमा हुने चारदिने प्रतियोगिताका खेलहरु चावहिलस्थित आयोजकको कोर्टमा हुनेछ ।

जुनियर ब्वाइजमा ओपल, सिनियर ब्वाइजमा निम्स, सिनियर गल्र्समा टेरेसा एकेडेमी र स्टाफमा ड्याफोडिल डिफेन्डिङ च्याम्पियन हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment