Comments Add Comment

साफमा श्रीलंकाविरुद्ध माल्दिभ्सको कीर्तिमानी जित

१७ भदौ, काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा माल्दिभ्सले अली असफाकको दोहोरो हृयाट्रिकको मदतमा श्रीलंकालाई १०-० को पराकिलो अन्तरले पराजित भएको छ ।

saff championshipयो साफमा सबैभन्दा ठूलो अन्तरको जित हो । यसअघि २००५ को साफमा माल्दिभ्सले अफगानिस्तानलाई ९-१ गोल अन्तरले पराजित गरेको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा १९ औं मिनेटमा श्रीलंकाका गोल रक्षक रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । १० खेलाडीमा सिमित श्रीलंकाविरुद्ध माल्दिभ्सले गोलको वर्षा नै गरेको थियो । माल्दिभ्सको जितमा अलीले २ पेनाल्टीसहित ६ गोल गरे ।

भुटानको पोष्टमा अफगानिस्तानको ३ गोल

अर्को खेलमा भुटानलाई ३-० ले पराजित गर्दै अफगानिस्तानले विजयी सुरुवात गरेको छ । हलचोक मैदानमा सुरुवातै दबाव दिएको अफगानिस्तानलाई भुटानले ३६ मिनेटसम्म रोकेको थियो । अफगानिस्तानका केही डरलाग्दो प्रहारलाई भुटानका गोलरक्षकले रोकेका थिए ।

तर, अफगानिस्तान ३७ औं मिनेटमा अग्रता लिन सफल भयो । मुस्तफाको कर्नरमा हारोनले गोल गरेका हुन् । ४१ औं मिनेटमा अफगान खेलाडीको हेडर पोलमा लागेर फर्किएको थियो । दोस्रो हापमा पनि अफगानिस्तानले दबाव कायमै राख्यो । ७१ औं मिनेटमा भुटानले पेनाल्टी पायो । तर, भुटानी खेलाडीको प्रहार अफगान गोलरक्षकले रोके ।

त्यसको एक मिनेट लगतै अफगानिस्ताले अग्रता दोब्बर पारेको छ । उसका लागि मुस्तफाले गोल गरे । खेलको ८७ औं मिनेटमा हस्मतुल्लाहले गोल गरेपछि अफगानिस्तान ३-० को जित निकाल्न सफल भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment