Comments Add Comment

२०२० ओलक्पिक टोक्योमा हुने

२३ भदौ, काठमाडौं । २०२० ओलम्पिक र पारा ओलम्पिक आयोजनाको जिम्मा टोक्योले पाएको छ ।

अर्जेन्टिनाको राजधानी ब्यूनेस आयरसमा शनिबार राति बसेको अन्तराष्ट्रिय ओलम्पिक कमिटी आईओसीको बैठकमा आयोजक शहरका लागि गोप्य मतदान भएको थियो । स्पेनको रियल मड्रिड पहिलो चरणबाटै बाहिरिएको थियो । दोस्रो चरणको मतदानमा जापानको टोक्योले ६० तथा टर्कीको इस्तानबुलले ३६ मत पाएको छ ।

टोक्योमा ओलम्पिक खेल हुन लागेको यो दोस्रो पटक हो । यसअघि सन् १९६४ मा भएको थियो । दोस्रो पटक ओलम्पिक आयोजना गर्ने मौका पाउने टोक्यो पहिलो एशियाली शहर हो । यसअघि १९४० मा टोक्योमा ओलम्पिक खेलाउने निर्णय भएपनि दोस्रो विश्वयुद्धका कारण रद्द भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment