Comments Add Comment

चिल्डेन मोडल टिम च्याम्पियन

२९ भदौ, काठमाडौं । चिल्डे्रन मोडल स्कुल चौथो न्यूटन गोजुकाई कराते प्रतियोगिताको टिम च्याम्पियन भएको छ । उसले ६ स्वर्ण, ५ रजत र ५ कास्य पदक प्राप्त गर्दै उक्त उपाधी प्राप्त गरेको हो ।

३ स्वर्ण, १ रजत र १ कास्यका साथ भ्यालीपब्लिक दोश्रो र १ स्वर्ण, ३ रजत र ३ कास्य पदकका साथ आयोजक न्यूटन स्कुलले तेश्रो स्थान प्राप्त गरे । आयोजकको आफ्नै प्राड.णमा सम्पन्न प्रतियोगिताको पुरुष २० केजी तौल समूहमा महेन्द्रभवनका यन्देन शेर्पाले स्वर्ण पदक पाए । उनले स्टानफोर्डका रोशन सुवेदीलाई पराजित गर्दै स्वर्ण प्राप्त गरेका थिए । २५ केजीमा मित्रपार्क डोजोका सरतसिंह विष्टले आयोजकका उत्सव लिगललाई पराजित गर्दै स्वर्णमा आफ्नो नाम लेखाए ।

३० केजीमा आईडलका निशान गुरुड.ले स्वर्ण, अनमोलज्योतीका पवन कटुवालले रजत र गोल्डनपिकका राजेन्द्र केसी र चिल्डेनका स’वाष तमाड.ले कास्य पदक पाए । ३५ केजीमा आयोजक न्यूटनका विसाल अधिकारीले स्वर्ण पाए भने मंडिखाटारका सन्देश अधिकारीले रजतमा चित्त बुझाए । ४० केजीमा चिल्डेनका राजन राई र किरण लामाले स्वर्ण र रजत प्राप्त गरे ।

४५ केजीमा चिल्डेनकै प्रविन दनुवार र छोगेल शेर्पाले प्रथम र दोश्रोको पदक बाँडे । ५० केजीमा मित्रपार्क डोजोका सूर्य बहादुर थिड.ले स्वर्ण र सुनिल थिड.ले रजत जिते । यी दुई दाजुभाई हुन् । ५५ केजीमा मित्रपार्कका संजीप गौतमले स्वर्ण र मंडिखाटार डोजोका मनिष कुमार थापामगरले रजत पदक पाए ।

खुला तर्फ मित्रपार्कका जित बहादुर पुलामीले स्वर्ण, चिल्डेनका प्रेम थापाले रजत र चिल्डेनका कौशल श्रेष्ठ र मित्रपार्कका फुर्वा निमा लामाले कास्य पदक पाए । काता तर्फ मित्रपार्कका सूर्य बहादुर थिडले स्वर्ण, मंडीखाटारका टिका राम गुरुडले रजत र अनमोलका आषिश भुजेल र मंडिखाटारका बिकास कार्कीले कास्य पदक पाए ।

दुई दिने प्रतियोगिताको महिला तर्फको प्रतियोगिताको २० केजी तौलमा भ्याली पब्लिककी प्रतिक्षा गुरुडले गोल्डेनपिककी सर्वज्ञ राईलाई पराजित गर्दै स्वर्ण पदक पाईन् । गोल्डेनकी स्नेहा गुरुड र दीप डोजोकी सिमन राईले कास्य पाए ।

२५ केजीमा भ्यालीकी अस्मिता केसीले स्वर्ण र नियुक्ती शेर्पाले रजत तथा गोल्डेनपिककी रजित केसी र विदिशा राउतले कास्य पदक पाए । ३० केजीमा होली केयरकी लक्ष्मी तामाडले स्वर्ण, अनमोलकी रिशिका शाहीले रजत र मंडिखाटारकी पासाड र दीप डोजोकी सोनी राईले कास्य पदक पाए । ३५ केजी तर्फ भ्यालीकी मिना तामाडले स्वर्ण, आयोजक न्यूटनकी दिमसाना थापाले रजत र गोल्डेनकी पेमा थापाड र महेन्द्रभवनकी सिमन ठकुरीले कास्य पाए । ४० केजीमा अनमोलकी श्रदा खनालले स्वर्णमा नाम लेखाउंदा मंडिखाटारकी जुनु रानामगरले रजत पाईन् ।

न्यूटनकी सृस्टी राई र सुस्मीता पुर्जा मगरले कास्य पदक पाए । ४५ केजीमा चिल्डेनकी पेमा लामु लामाले मित्रपार्ककी छिरिड लामालाई पराजित गर्दै स्वर्ण पाईन् । चिल्डेनकी प्रयोया भट्टराई र न्यटनकी सुलोचना राई तेश्रो भए । ५० केजीमा चिल्डेनकी बाल कुमारी थामीले न्यूटनकी अमृता लामालाई पराजित गर्दै स्वर्णमा आफ्नो नाम लेखाईन् । महेन्द्र भवनकी सोनु कार्की र चिल्डेनकी थोप्तेन डिकी लामाले कास्य पदक पाए । खुला तर्फ चिल्डेनका खेलाडीहरुले प्रथम दोश्रो र तेश्रो स्थानमा कब्जा जमाए ।

याड. डोल्मा लामाले स्वर्ण, भावना शाहीले रजत र श्रेयता अधिकारीले कास्य पाए । काता तर्फ चिल्डेनका बालकुमारी थामी र पेमा लामु लामाले स्वर्ण र रजत तथा आइडलकी रिका गिरी र चिल्डेनकी पेमा शेर्पाले कास्य पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment