Comments Add Comment

पोखरमा रजिना र शिवको स्वरमा धुर्मुसले हसाँउदा

पोखराको सभागृहमा आयोजना भएको ‘माछापुच्छ्रे डान्स एण्ड म्यूजिकल शो २०७०’ मा नेपाली सांगीतिक तथा हाँस्य क्षेत्रका चर्चित कलाकारहरुले दर्शकलाई मनोरञ्जन प्रदान गरेका छन् ।rajina-rimal-and-shiva-pariकार्यक्रममा गायिका रजिना रिमाल, गायक शिव परियारको गीतले पोखरेली दर्शक झुमेका थिए । शिवको ‘क्या दामी भो’ गीतमा वान्स मोर आएपछि उनले फेरी यो गीत गाएर सुनाएका थिए । यसका साथमा उनले अन्य आधादर्जन गीत गाएर दर्शकलाई मनोरञ्जन दिएका थिए ।

लोकदोहोरीका चर्चित गायक राजु परियार मञ्चमा आउँदा लोकदोहोरीका पारखीहरूले उठेरै स्वागत गरे । त्यतिमात्र होइन राजु परियारले दुराडाँडे दाई र कोदो रोप्दा लाएको पिरती छुट्यो तोरी फुल्ने बेलामा गाउँदै प्रमुख अतिथि र माछापुच्छ्रे नृत्य प्रशिक्षण केन्द्रका सल्लाहकार एवं दर्शकलाई समेत नचाए ।

कार्यक्रममा हाँस्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’, बल्छी धुर्मे लगायतले दर्शकलाई कमेडीको माध्यमबाट हसाँएका थिए । कार्यक्रमको अन्त्यतिर संयोजक सुवास राईकै कमेडी नृत्यले दर्शकलाई पेट मिचिमिची हसाँएको थियो भने भने राजु परियार र लोक गायिका राधिका हमालको दोहोरीले सबैलाई नाच्न वाध्य बनायो ।

माछापुच्छ्रे डान्स सेन्टरकै बालबालिकाहरुको नृत्यबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथीको रुपमा पूर्व सभासद् एवं एकिकृत नेकपा माओवादीका नेता राजकाजी तमु’करण’को उपस्थिती थियो । कार्यक्रममा नेपाली फुटबलर अनिल गुरुङ र भलिबल खेलाडी तथा कलाकार सिपोरा गुरुङको पनि सहभागिता थियो ।

कार्यक्रममा स्थानीय कलाकार सुजन गुरुङ, श्रीमान थुलुङ, खिम गुरुङ, प्हाए अलीसँगै जय परियारले पोखरेलीलाई नचाए । गायक तथा संगीतकार जय परियारले आÇनो आउन लागेको एल्बमको गीत साथीभाइलाई सुइँकायो रेलैले, म दुःखीलाई फर्कायो ट्याक्टरले भन्ने बोलको गीत सालैजो भाकामा गाउँदा दर्शकले पनि साथ दिएका थिए ।

तस्बिर सुदर्शन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment