Comments Add Comment

प्रचण्डको ठाडो आदेशमा फर्किन्नः राजदूत शर्मा

७ असोज, काठमाण्डौ । कतारका लागि नेपाली राजदूत मायाकुमारी शर्माले एमाओवादी अध्यक्ष प्रचण्डको ठाडो आदेशमा आफु राजीनामा दिएर फिर्ता नआउने बताउनुभएको छ । ‘म अहिले एमाओवादी कार्यकर्ता हैन, मुलुककै प्रतिनिधि हुँ’ शर्माले अनलाइनखबरसँग टेलिफोनमा भन्नुभयो-‘उहाँको ठाडो आदेश मानेर राजीनामा दिएर फिर्ता आउन मेरो गरिमाले दिन्न ।’ आफु संसदीय सुनुवाईको प्रकृया पार गरी राष्ट्रपतिबाट नियुक्त भएकाले प्रचण्डप्रति जवाफदेही हुन नसक्ने उहाँको भनाई थियो ।mayakumari sharma

‘औपचारिक प्रकृयाबाट गरिने सवै कारवाही फेस गर्न तयार छु, मैले कुटनीतिक मर्यादा बिपरित काम गरेकी छु भने महाअभियोग लगाएर मलाई बर्खास्त गरियोस्’ शर्माले भन्नुभयो-‘षडयन्त्रपूर्वक मलाई हटाउन खोजिएको छ, त्यसको डटेर सामना गर्छु ।’ गैरकुटनीतिक आचरण देखाएको भन्दै आलोचना खेपीरहेकी शर्मालाई हालै एमाओवादी अध्यक्ष प्रचण्डले टेलिफोन गरी राजीनामा गरेर फिर्ता आउन सुझाव दिनुभएको थियो । ‘उहाँलाई पनि दलालहरुले प्रभावमा पारेछन’ शर्माले भन्नुभयो-‘मैले सुधारको काम गरेको देखेर आत्तिएका दलालहरुले यहाँदेखि केन्द्रसम्मै प्रभाव पारेका छन, त्यसमा एमाओवादी अध्यक्ष प्रचण्ड पनि पर्नुभयो ।’

आफुलाई ‘राजनीतिभित्रको राजनीति’को सिकार बनाइएको भन्दै शर्माले त्यो राजनीति बुझ्न र शक्तिकेन्द्रहरुलाई खुसी पार्न नसक्नु आफ्नो कमजोरी रहेको बताउनुभयो । ‘हो मैले दलालहरुसँग मिलेर पैसा कमाउन र शक्ति केन्द्रहरुलाई ‘पत्रम् पुष्पम्’ गर्न सकिन’ शर्माले भन्नुभयो-‘मेरो कमजोरी यत्ति हो, त्योबाहेक मैले केही गल्ती गरेकी छैन् ।’ कतारले आफुलाई फिर्ता बोलाउन पत्र लेखेको कुरा पनि झुट भएको शर्माको दावी छ । ‘अहिले पनि म यहाँका मन्त्रीहरुसँग अपोइन्टमेन्ट लिएर भेटिरहेकी छु, उहाँहरुले त्यस्तो केही भन्नुभएको छैन’ शर्माले दावी गर्नुभयो-‘कतारले पत्र लेख्यो भन्ने सवै झुट हो, त्यस्तो पत्र लेखेको छ भने सार्वजनिक गरे हुन्छ ।’

आफु परराष्ट्र नेतृत्वबाट पनि पिडीत भएको भन्दै शर्माले हुँदै नभएको कुरालाई मिडियामा सार्वजनिक गर्ने काम गरिएको बताउनुभयो । ‘मसँग नियमित तरिकाले भएका कुराकानीलाई उहाँहरुले मायाकुमारीसँग मौखिक स्पष्टीकरण सोधियो भनेर प्रजारबाजी गरिदिनुभयो ।’ शर्माले भन्नुभयो-‘फेरी अहिले कतारले पत्र लेखेरै फिर्ता बोलाउन भन्यो भनेर प्रचारबाजी गरियो, यो सवै झुट हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment