Comments Add Comment

अनिरुद्र र राजुको जोडी क्वाटरफाइनल

१० असोज, काठमाडौं । आयोजक किङ कम स्पोर्ट्स क्लब, बानेश्वरका अनिरुद्र गुरुङ र राजु भुजुको जोडी मिङ्स पाँचौं बबिनविक्रम विष्ट स्मृति रनिङ सिल्ड ब्याडमिन्टन प्रतियोगिताको पुरुष डबल्सतर्फ बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

अनिरुद्र र राजुको जोडीले बानेश्वरका नारायण राना र ध्रुव लामाको जोडीमाथि २१–१७, १७–२१ र २१–१८ को कठिन जित निकाले ।

त्यसै स्पर्धाको अन्य खेलमा कोटेश्वरका सुरेश घिमिरे र लक्ष्मण बस्यालको जोडीले सिनामंगलका शेमन्त लामिछाने र पुस्कर विष्टको जोडीलाई २१–१३ र २१–१४ तथा बानेश्वरका केशव पौडेल र तिलक छन्त्यालको जोडीले कोटेश्वरका श्याम कट्वाल र राम श्रेष्ठको जोडीलाई २१–१६, १७–२१ र २२–२० को सेटमा पाखा लगाउदै क्वाटरफाइनलमा स्थान पक्का गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

सम्बन्धित खवर

Advertisment