Comments Add Comment

प्रदिप र जसिता भन्छन्–‘हाम्रो बिहेको संभावना न्यून’

नायक प्रदिप खड्का र नायिका जसिता गुरुङ प्रेममा रहेको चर्चा चलचित्र बजारमा चल्न थालेको केही समय भयो । विशेषगरि, चलचित्र ‘लिलिबिली’मा एकसाथ काम गरेपछि यो जोडी प्रेममा रहेको चर्चा चल्न थालेको हो । त्यसमाथि पनि चलचित्र ‘लभ स्टेशन’मा एकसाथ काम गरेपछि उनीहरुको प्रेमको चर्चा झनै फैलिएको छ ।

प्रदिप र जसिताका फ्यानहरुले यो जोडीले वास्तविक जीवनमा नै बिहे गर्नुपर्ने प्रतिक्रिया पनि दिदै आएका छन् । के तपाइ र जसिताको बिहेको संभावना छ, यो प्रश्नमा प्रदिपले भने–‘त्यो त ज्यादै नै न्यून छ । हाम्रो बिहेको संभावना छ भन्न म सक्दिनँ । भोलीको दिन त कसले देखेको छ र ? तर, बिहे नै गर्ने कुरा न्यून छ ।

यो कुरालाई जसिताले पनि स्विकार गरिन् । प्रदिपले अगाडि भने–‘दर्शकलाई खुशी बनाउनका लागि चलचित्र भित्र हामी बिहे गर्न पनि तयार छौ, जे पनि गर्न तयार छौ । तर, बाहिरी दुनियाँमा यो संभावना कम छ ।’

नायिका जसिता गुरुङले चलचित्रका लागि प्रदिपसँग बिहे गर्न तयार भएपछि बास्तविक जीवनमा यो संभावना नरहेको बताइन् । उनले, आफ्नो करिअरमा प्रदिप शुभचिन्तक मात्र भएको बताइन् । प्रदिपले चलचित्रको बिषयमा आफूलाई सुझाव दिने गरेपनि निर्णय आफ्नै हुने सुनाइन् ।

प्रदिप र जसिताले अभिनय गरेको चलचित्र ‘लभ स्टेशन’ चैत्र २९ गतेबाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment