Comments Add Comment

उपभोक्ता तान्दै सुपथ मूल्य पसल

१० असोज, काठमाडौं । आउँदै गरेका ठूला चाडपर्वलाई लक्षित गरेर सरकारी संस्थानहरुले राजधानीमा खोलिएका सुपथ मूल्य पसलले उपभोक्ता आकषिर्त गरेका छन् ।आपूर्ति तथा वाणिज्य मन्त्रालयको अगुवाईमा साल्टट्रेडिङ, नेशनल टे्रडिङ, नेपाल खाद्य संस्थान र दूग्ध विकास संस्थानको संयुक्त पहलमा उपत्यकाका ८ स्थानमा सुपथमूल्य पसल खोलिएको छ ।

सुपथमूल्य पसलमा चारैवटा संस्थानहरुले उपभोक्तालाई विभिन्न दैनिक उपभोग्य सामाग्री र खाद्यान्नमा ५ रुपैयाँ देखि २ सय रुपैयाँसम्म छुट दिएका छन् । खाद्य संस्थानले सुपथ मूल्य पसलबाट प्रतिक्वीन्टल २ सय रुपैयाँ छुट दिएर चामल बेचिरहेको छ । “असोजबाट शुरु हुने दशैं, तिहार, इदसहितका पर्वलाई लक्षित गरेर हामीले ६० दिनका लागि यी पसल चलाएका हौं ।”, “सुपथमूल्य पसल हामीले सोचेभन्दा सफल भएको पाएका छौं । खाद्यान्न, भाँडा र दूधजन्य पदार्थ किन्न उपभोक्ताहरु लाईन लाग्ने गरेका छन् ।” नेपाल खाद्य संस्थानका कायम मुकायम नायव महाप्रवन्धक कृष्णप्रसाद सिटौंलाले भन्नुभयो ।

चारवटा संस्थाले सामूहिकरुपमा उपत्यकाका राम शाहपथ, जावलाखेल, बल्खु र भक्तपुरसहितका ८ स्थानमा सुपथमूल्य पसल चलाएका छन् । ती पसलबाट खाद्य संस्थानले चामल बेचिरहेको छ । त्यसैगरी नेशनल टे्रडिङले भाँडाकुँडा, शाल्ट टे्रडिङले नुन, चिनी, दलहन र दूग्ध विकास संस्थानले दूधजन्य सामग्री बेचिरहेको छ ।

“हामीले ६० दिनमा २० हजार क्वीन्टल चामल बेच्ने लक्ष्य लिएका छौं । एक व्यक्तिलाई एक क्वीन्टलसम्म चामल दिने हाम्रो नीति छ । सहुलियतमा गहुँ पनि बेचरिहेका छौं । चारवटै संस्थानले उपभोक्तलाई आवश्यक सबै सामान मिलेर विक्री गरिरहेका छौं ।” खाद्य संस्थानका कामू नायव महाप्रवन्धक सिटौंलाले भन्नुभयो ।सुपथमूल्य पसलले बजार भाउ नियन्त्रण गर्न पनि मद्धत गरेको सम्वन्धित संस्थाहरुको भनाई छ । बजार मूल्य नियन्त्रण गर्न वाणिज्य विभागसहितले नियमित अनुगमन गरिरहेका छन् । चाडपर्व व्यवस्थापन समितिले पनि बजार अनुगमन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment