Comments Add Comment

‘परान परान’ बोलको गीतले राख्यो २४ घन्टामा १० लाख भ्यूजको रेकर्ड

चलचित्र ‘ए मेरो हजुर ३’मा समावेश ‘परान परान’ले युटुबमा नयाँ रेकर्ड बनाएको छ । नेपाली चलचित्रको कुनै पनि गीतले सार्वजनिक भएको २४ घन्टा नवित्दै १० लाख भ्यूज यसअगाडि पाएको थिएन । तर, यो गीतले २४ घन्टामा १० लाख भन्दा भ्यूज बटुल्दै युटुबमा नयाँ रेकर्ड बनाएको छ । केही आधुनिक गीतले भने २४ घन्टामा १० लाख भन्दा बढी भ्यूज बनाएको रेकर्ड छ ।

सुनिलकुमार थापाको निर्माणमा निर्देशक झरना थापाले निर्देशन गरेको चलचित्रको यो गीतलाई निकै रुचाइएको छ । यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु नायक अनमोल केसी, नायिका सुहाना थापा, नायक सलोन बस्नेत, कलाकार रेअर राई लगायतको नृत्य हेर्न सकिन्छ । चलचित्रमा नायक आमेष भण्डारी दुलाहाको भेषमा देखिएका छन् ।

चैत्र २९ गतेबाट रिलिज हुन लागेको चलचित्रको पहिलो गीत ‘जिन्दगी नै भन्दिन’ले पनि २० लाख भन्दा बढी भ्यूज बनाइसकेको छ । यसैले गीतसंगीतको मामालामा चलचित्र ‘ए मेरो हजुर ३’ चर्चामा छ । चलचित्रको ट्रेलर बुधबार सार्वजनिक हुँदैछ ।

यसअगाडि २४ घन्टामा चलचित्र ‘शत्रु गते’मा समावेश ‘रुपै मोहनी’ बोलको गीतले  ८ लाख ४७ हजार पटक भ्यूज कमाउँदै युटुबमा रेकर्ड बनाएको थियो । युटुबमा देखिने भ्यूजले हलमा दर्शक उर्लिएको भने देखिएको छैन । यसैले युटुबमा देखिएको भ्यूजमा मात्र रमाएर निर्माता दंग पर्नु पनि हानिकारक हुनसक्छ । तर, युटुबमा देखिने यो खालको गीत र ट्रेलरको क्रेजले चलचित्रको व्यापारमा केही मात्रामा फाइदा भने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment