+
+
Shares

अनमोल-जसिताले कालिम्पोङबाट थाले ‘जेरी अन टप’को प्रवर्धन

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ५ गते १२:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कलाकार अनमोल केसी र जसिता गुरुङले पश्चिम बंगालको कालिम्पोङमा फिल्म 'जेरी अन टप'को प्रचारप्रसार थालेका छन्।
  • उनीहरू शहीद मैदानमा हुने 'शहीद कप टुर्नामेन्ट २०२५'मा अतिथि बनेर सहभागी भएका छन्।
  • फिल्म 'जेरी अन टप' पूर्वोत्तर भारतमा रिलिज हुने तयारीमा छ र नयाँ गीत 'कस्तुरी' सोमबार युट्युबमा रिलिज हुनेछ।

काठमाडौं । कलाकार अनमोल केसी र जसिता गुरुङले भारतको पश्चिम बंगालस्थित कालिम्पोङबाट आगामी फिल्म ‘जेरी अन टप’को प्रचारप्रसार थालेका छन् ।

त्यहाँको शहीद मैदानमा आइतबार हुन लागेको ‘शहीद कप टुर्नामेन्ट २०२५’मा अनमोल-जसिता अतिथि बनेर पुगेका हुन् । उनीहरूसँगै फिल्म निर्देशक सुयोग गुरुङ पनि छन् ।

सोही क्रममा उनीहरूले आफूहरू अभिनित रोमान्टिक फिल्मको प्रचारप्रसार पनि गर्नेछन् । आइतबार बेलुका हुने प्रतियोगिताको फाइनलमा १० हजारभन्दा धेरै दर्शक सहभागी हुने अपेक्षा छ ।

नेपालीभाषी बहुल कालिम्पोङ नेपाली फिल्मको राम्रो बजार हो । कतिपय फिल्मले पश्चिम बंगाल र सिक्किममा राम्रो कमाइ गरेका थिए ।

‘जेरी अन टप’ प्रचारप्रसारको अर्थ, यो फिल्म पूर्वोत्तर भारतमा समेत रिलिज हुने तयारीमा रहेको बुझ्न सकिन्छ । पूर्वोत्तर भारतसँग अनमोलको निकटता देखिन्छ ।

बैशाख पहिलो साता उनले सिलिगुढीमा प्रशंसकसँग मिट एन्ड ग्रीट गरेका थिए । दर्शकसँग नजिकिने उनको त्यो पहिलो प्रयास थियो ।

‘जेरी अन टप’को कुरा गर्दा, यो फिल्म अनमोलको प्रतीक्षित फिल्ममध्ये पर्छ । यो फिल्मको नयाँ गीत ‘कस्तुरी’ सोमबार युट्युबमा रिलिज तयारीमा छ । यो गीतमा अनमोल र जसिताको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?