
News Summary
Generated by OK AI. Editorially reviewed.- ड्रामा-रोमान्स-एड्भेन्चर फिल्म ‘जेरी अन टप’ अनमोल केसीको मुख्य भूमिकामा शुक्रबारदेखि देशव्यापी कम्तीमा २०० शोजसहित प्रदर्शनमा आएको छ।
- सुयोग गुरुङ निर्देशित ‘जेरी अन टप’को रनटाइम २७५ मिनेट छ र यो सबै उमेरका दर्शकले हेर्न पाउनेछन्।
- हलिउड फिल्म ‘ट्रोन : एरेस’ पनि शुक्रबारदेखि रिलिज भएको छ, जुन साइन्स फिक्सन र एक्सन कथावस्तुमा आधारित तेस्रो श्रृंखला हो।
काठमाडौं । अनमोल केसीको शीर्ष भूमिका रहेको ड्रामा-रोमान्स-एड्भेन्चर फिल्म ‘जेरी अन टप’ शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आएको छ ।
कम्तीमा २०० शोजसहित रिलिज भएको जनाइएको छ । सुयोग गुरुङ निर्देशित यो फिल्मको रनटाइम २७५ मिनेट छ र यसलाई सबै उमेरका दर्शकले हेर्न पाउनेछन् ।
त्रिकोणात्मक प्रेमकथाको यो फिल्म पर्वतीय यात्राको क्रममा आउने सम्बन्धको उतारचढावको कथावस्तुमा आधारित देखिन्छ । तपाईंलाई प्रेमकथाका फिल्ममा रुचि छ भने यो फिल्म दर्शनीय हुनसक्छ ।
एड्भान्स टिकट विक्री सुखद देखिएको छ । अनमोलसहित फिल्ममा केदार घिमिरे ‘माग्ने बुढा’, आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, उषा खड्गीको अभिनय छ ।
शुक्रबारदेखि नै हलिउड फिल्म ‘ट्रोन : एरेस’ पनि रिलिज भएको छ । चर्चित फ्रेन्चाइज ‘ट्रोन’को यो तेस्रो श्रृंखला हो । यो साइन्स फिक्सन र एक्सन फिल्मको कथावस्तुअनुसार एक कम्प्युटर प्रोग्रामलाई वास्तविक संसारको एक मिसनमा पठाइन्छ ।
तपाईंलाई साइन्स फिक्सन र एक्सन कथावस्तुको फिल्ममा रुचि छ अनि ‘ट्रोन’ श्रृंखला रुचाउनुहुन्छ भने यो फिल्म दर्शनीय हुनसक्छ ।
प्रतिक्रिया 4