Comments Add Comment

स्ववियु निर्वाचनले नुवाकोट आदर्श क्याम्पसको पढाइ प्रभावित

Photo Credit : शम्भु जम्कटेलको फेसबुकबाट ।

९ चैत, नुवाकोट । नुवाकोटको बट्टारमा रहेको नुवाकोट आदर्श बहुमुखी क्याम्पसको पठनपाठन प्रभावित बनेको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनगर्नेबारे विवाद भएपछि पठनपाठन प्रभावित बनेको हो ।

तोकिएको समयमा निर्वाचन गराउने वातावरण बनाउनुको साटो क्याम्पस प्रशासनले यही ७ देखि १२ गतेसम्म क्याम्पस बिदा दिएको आरोप विद्यार्थी संगठनहरूले लगाएका छन ।

विद्यार्थीले अध्ययन गर्न पाउने अधिकारको सुनिश्चितता र तोकिएको मितिमा स्ववियु निर्वाचन गराउन माग गर्दै स्थानीय प्रशासनलाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।

उक्त क्याम्पसमा यही चैत १० गते स्ववियु निर्वाचनको मिति तोकिएको थियो ।

उक्त मितिमा चुनाव गराउन आवश्यक वातावारण सिर्जना गर्नुको साटो क्याम्पस प्रमुख नारायणमान डङ्गोल र क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम श्रेष्ठले क्याम्पस बिदाको सूचना जारी गरेपछि पठनपाठन प्रभावित बनेको अनेरास्ववियुका नेता विष्णुहरि रिमालले बताए ।

क्याम्पसमा कक्षा ११ देखि स्नाकोत्तरसम्म एक हजार पाँच सयको हाराहारीमा विद्यार्थी अध्ययरत छन् ।

क्याम्पस खुलाउन शुक्रबार दिनभर क्याम्पस प्रमुख डङ्गोलसहित राजनीतिक दल, विद्यार्थी सङ्गठनलगायतको जिल्ला प्रशासन कार्यालयमा छलफल भए पनि निष्कर्ष निस्किन सकेन ।

उक्त क्याम्पसमा विसं २०६५ पछि हालसम्म स्ववियु निर्वाचन भएको छैन । हाल स्ववियु निर्वाचनका लागि अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेपाल विद्यार्थी सङ्घले दर्ता गराएका छन् ।

तोकिएको मितिमा निर्वाचन गर्न सबै तयारी पूरा भए पनि क्याम्पस प्रशासनको उदासीनताले द्वन्द्व बढाएको आरोप नेविसंघका सुरज सिलवालले लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment