+
+
Shares

अब डिभाइसले दिनेछ सुख्खा बन्दरगाहमा कन्टेनर आइपुगेको जानकारीे

सुरेश बिडारी सुरेश बिडारी
२०७५ चैत ९ गते १२:३८

९ चैत, वीरगञ्ज  । भारतबाट छुटेको कन्टेनर वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा आइपुगेको जानकारीे दिन ‘आरएफआईडी डिभाइस’ जडान गरिएको छ । ईसीटीएस जडानको जिम्मा लिएको ट्रान्स सेक्युर प्रालिले रेडियो फ्रिक्वेन्सी आईडेण्टिफिकेशन ‘आरएफआईडी डिभाइस’ जडान गरेको हो ।

ईलेक्ट्रोनिक कन्टेनर ट्रयाकिङ सिस्टम (ईसीटीएस) ह्यान्डलिङको जिम्मा पाएको ट्रान्स सेक्युरले आरएफआईडी रिडर डिभाइस नेपाली पक्षलाई हस्तान्तरण गरिसकेको छ ।

तीन दिनअघि तेस्रो मुलुकबाट विशाखापटनम र कलकत्ता हुँदै रेलमार्गबाट नेपालमा आयात हुने मालसामान बोकेको कन्टेनरमा लगाइने आएरएफआईडी डिभाइस रिडर नेपाली पक्षलाई हस्तान्तरण गरिएको थियो ।

दुई दिनअघि ईसीटीएस डिभाइस जडानको जिम्मा लिएको ट्रान्ससेक्युर प्रालिका नेपाल प्रतिनिधि एवं उमेश शर्मा र भारतीय कस्टमका राहुल कुमारले सुख्खा बन्दरगाह भन्सार कार्यालयका निमित्त प्रमुख भन्सार अधिकृत विष्णु शर्मालाई आरएफआईडी डिभाइस हस्तान्तरण गरेका थिए ।

भारतीय बन्दरगाहबाटै लगाइने आएरएफआईडी डिभाइसले नेपालमा कन्टेनर आइपुगेको यकिन गराउनुको साथै रिडरमार्फत स्क्यान गरेपछि कन्टेनरबारे विस्तृत जानकारी सिपिङ कम्पनीको सिस्टममा पठाउने शर्माले बताए ।

‘आरएफडी डिभाइसमा चिप्स जडान हुन्छ तर यो वान टाइम युज गर्ने हो । सुख्खा बन्दरगाहमा आइसकेपछि यसलाई काटेर फालिन्छ’, उनले भने, ‘यसले पोर्टबाट छुटेको कन्टेनर नेपालको सुख्खा बन्दरगाह पुगेको कन्फर्म गर्छ । सिपिङ कम्पनीलाई जानकारी पठाउँछ । यो नेपालका लागि सुखद शुरुवात हो ।’ यसअघि सिपिङ लाइनले बुलेट अर्थात् बोतल लक लगाएर कन्टेनर पठाउँदै आएका छन् ।

वीरगञ्जपछि छिट्टै विराटनगर र भैरहवा नाकामा पनि रिडर हस्तान्तरण गरिने उनको भनाइ छ ।

तेस्रो मुलुकबाट आयात गरिएको सामानसहितको कन्टेनरमा भारतको कोलकता र विशाखापटनम बन्दरगाहमा ठूलो ईसीटीएस डिभाइस लगाइने गरिएको छ । त्यसलाई सीमावर्ती शहर रक्सोलमा आएपछि खोलेर पुनः फिर्ता पठाइन्छ ।

ईसीटीएसको ठूलो डिभाइस मात्रै जडान हुँदा पहिले रक्सौलसम्म कन्टेनर आइपुगेको थाहा हुन्थ्यो । त्यसले कन्टेनर नेपालको सीमासम्म पुगेको मात्रै यकिन गराउँथ्यो । त्यसपछि कन्टेनर कहाँ ? कुन अवस्थामा छ ? भन्ने जानकारी लिनको लागि आरएफआईडी डिभाइसको प्रयोग गरिएको हो । आरएफडी डिभाइसको मद्दतले अब कन्टेनर सिर्सिया सुख्खा बन्दरगाहमा आइपुगेको जानकारी सजिल सुख्खा बन्दरगाहमा आइपुगेको जानकारी सजिलै पाईन्छ ।

आरएफआईडी डिभाइसबाट कन्टेनरको अवस्थासम्बन्धी सबै जानकारी पाउन सकिने शर्माले बताए ।

इन्टरनेट नहुँदा प्रयोगमा समस्या

आरएफआईडी डिभाइस रिडर नेपाली पक्षलाई हस्तान्तरण गरिए पनि इन्टरनेट नहुँदा प्रयोगमा समस्या देखिएको छ । फाष्ट इन्टरनेटमा डिभाइस रिडरले सजिलै काम गर्छ । तर, वीरगञ्जस्थित सुक्खा बन्दरगाहमा ब्रोडव्याण्ड इन्टरनेट सुविधा छैन ।

ड्राईपोर्ट यार्डमा वाईफाई सुविधा नरहेको र डिभाइसलाई सीमकार्डको माध्यमले मात्रै सञ्चालन गर्दा उपयोगमा जटिलता देखिएको छ । डिभाइस उच्च प्रविधियुक्त भएका कारण यसको प्रयोगका लागि ड्राइपोर्टको यार्डमा तीव्र गतिको वाईफाई सुविधा हुनुपर्ने ट्रान्सक्युरका नेपाल प्रतिनिधि शर्मा बताउँछन् ।

इसीटीएस प्रविधि जडानका लागि नेपाली आयातकर्ता तथा व्यापारीहरुले प्रतिकन्टेनर ३३ सय भारतीय रुपैयाँ तिर्दै आएका छन् ।

सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले सुख्खा बन्दरगाह सञ्चालक कम्पनी हिमालयन टर्मिनलले नै इन्टरनेटको व्यवस्था गर्नुपर्ने बताए । ‘भन्सारले क्लियरिङको काम मात्रै गर्ने हो । व्यवस्थापनको जिम्मा हिमालयन टर्मिनलको छ । आवश्यक भए उसले नै इन्टरनेटको व्यवस्था गर्छ’, उनले भने, ‘म अहिले बाहिर छु, वीरगञ्ज गएपछि कसरी अगाडि बढ्न सकिन्छ छलफल गर्छु ।’

लेखक
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?