Comments Add Comment

एड्स पीडितलाई ‘स्पीड वे’ को २ लाख सहयोग

२३ असोज, काठमाडौं । स्पीड वे कार्गो प्रालिले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत एचआईभी/एड्सबाट पीडित बालबालिका आश्रति पुर्नवल प्लस नामक संस्थालाई २ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने सम्झौता गरेको छ । सम्झौतापत्रमा कम्पनीको सिएसआर संचालन गर्ने आंगिक संस्था स्पीड वे फाउण्डेशनका अध्यक्ष राजु श्रेष्ठ र पुर्नवल प्लसका मोहन बहादुर खड्काबीच हस्ताक्षर गर्नुभयो । पुर्नवलमा हाल २७ जना एचआईभी/एड्स पीडित बालबालिका आश्रति रहेका छन् ।

Speed-way-Cargo

एचआईभी/एड्स पीडित बालबालिकाहरुका लागि कम्पनीले गरेको सहयोगले मानविय धर्मको लागि ठूलो टेवा पुग्ने विश्वास फाउण्डेशनका अध्यक्ष श्रेष्ठले व्यक्त गर्नुभयो । उहाँले अन्य संस्थाहरुलाई पनि सहयोगका लागि अफि गर्नुभएको छ ।

यसअघि कम्पनीले पहिलो परियोजनाअन्तर्गत इमाडोलस्थित सामुदायिक बाल उद्धार केन्द्रलाई जाली, झ्याल तथा ढोका निर्माण गर्न आर्थिक सहयोग गरेको थियो । दोस्रो परियोजनाअन्तर्गत चौघडा ८, नुवाकोटमा रहेको क्षेत्रपाल उच्च माध्यमिक विद्यालयमा लाइब्रेरी निर्माण गरि विद्यालय व्यवस्थापनलाई हस्तान्तरण गरेको थियो ।

त्यसैगरि, नुवाकोट देवीघाटस्थित जेष्ठ नागरिक सुरक्षा तथा अध्ययन फाउण्डशनको भवन निर्माणका लागि १० लाख रुपैयाँ प्रदान गरेको कम्पनीले जनाएको छ ।

 HIV-Pidit-Children

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment