+
+
Shares

महिला अधिकारकर्मीले भने-पार्वती थापालाई आईजीपी बनाऊ

अनलाइनखबर अनलाइनखबर
२०७० असोज ३० गते १७:५८

३० असोज, काठमाडौ । महिला अधिकारकर्मीहरुले नेपाल प्रहरीकी एआईजी पार्वती थापा मगरलाई आईजीपी बनाउन माग गरेका छन् । महिला अधिकारकर्मीहरूले बुधबार रिपोर्टस क्लवमा पत्रकार सम्मेलन गरेर न्यायसंगत ढंगले आईजीपीमा बढुवा नभए आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
एआईजीहरु मध्यै सिनियर रहेकी थापालाई बढुवा गरेर नेपालको पुरुषप्रधान समाजमा महिलामाथिको भेदभाव अन्त्य गर्न महिला अधिकारकर्मीहरुले माग गरेका हुन् ।

आगामी कातिक ३१ मा प्रहरी महानिरिक्षक कुवेर सिंह रानाले अवकाश पाउने हुने हुादा प्रहरी रोलक्रममा सिनियर रहेकी थापालाई आईजीपी बनाउादा कानुनसम्मत् हुने महिला अधिकारकर्मीहरुको भनाई छ ।

‘महिला भएकैले थापालाई महानिरीक्षक बनाइए उहाँ नेपालकै पहिलो महिला आईजिपी  बन्नुहुन्छ’, महिला सुरक्षा संगठनकी अध्यक्ष शारदा पोखरेलले भन्नुभयो, ‘यदि थापाले महिला भएकैले आफ्नो अधिकार पाउनु भएन भने राज्यले आन्दोलनको सामाना गर्नुपर्ने छ ।’

महिला अधिकारकर्मीहरुले महिलालाई नीति निर्माण तहमा नलाने हो भने अन्तराष्ट्रिय अदालत जाने चेतावनी दिएका छन् । पत्रकार सम्मेलनमा बोल्दै संकल्पकी अध्यक्ष दुर्गा सोबले थापालाई आईजिपी नबनाए आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने जनाउादै त्यसले संविधानसभाको चुनावलाई पनि असर पर्ने बताउनुभयो ।

अर्की वक्ता नेपाल पत्रकार महांसघकी उपाध्यक्ष यशोदा तिमिल्सिनाले सरकारले महिलाको ३३ प्रतिशत अधिकार सुनिश्चित गरे पनि अझै नीति निर्माणतहमा महिलाको उपस्थिति न्यून रहेकाले थापाको बढुवा महिला अधिकार सुनिश्चित र लैङ्गिक समानताका पनि कोसेढुंगा हुने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?