Comments Add Comment

वामपन्थी सत्तामा पुगेपछि दामपन्थी भए : केसी

निमुसंगम घर्ती

chitra bahadur kc३ दाङ, कात्तिक । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वामपन्थी दलहरु सत्तामा पुगेपछि दामपन्थी भएको आरोप लगाउनु भएको छ । दाङको घोराहीमा आइतबार गरेको चुनावी सभामा केसीले सत्तामा पुग्ने वामपन्थीहरु पैसाको पछि लागेपछि देशलाई नर्ककुण्डमा धकेलेको बताउनुभयो ।

एमाओवादीप्रति लक्षित गर्दै केसीले हात्ती पार्टी भनाउँदाहरुले पनि एकल जातीय पहिचानको पक्षमा लागेर राष्ट्र टुक्राउन खोजेको बताउनुभयो । आफुलाई सानो पार्टी नसम्झन आग्रह गर्दै केसीले जनमोर्चाको पकड बलियो बन्दै गएको जिकिर गर्नुभयो ।

ठुला पार्टीहरुलाई सत्तामा पठाउँदा देश न घर न माइतको भएको भन्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले सरकार चलाउनका लागि एक पटक जनमोर्चालाई परिक्षा गर्न आग्रह समेत गर्नुभयो । ठुला दलहरु बाहृय शक्तिहरुको निर्देशन बेगर चल्न नसकेको भन्दै उहाँले तराईलाई भारतिय संघमा लैजान युरोपियनहरुले डलर खर्च गरेको आरोप लगाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment