Comments Add Comment

अक्षय र ट्वींकल जहाँ दाम्पत्य सुखभोग गर्छन्

एक घर, जसको सम्मुखमा अनन्त निलो अरब सागर छ । बैंठक कक्षाको ठाउँ-ठाउँमा स-सना तलाउ अर्थात जलकुन्ड छ । घरका भित्ताहरु कलात्मक पेन्टिङले सजिएको छ । घरको मध्यभागमा घामको किरण पोतिन्छ । चारैतिर हरिया बुट्यान र रंगविरंगी फूलहरु हावाको झोंकासँग लहराईरहेका छन् ।

आँखा चिम्लेर यस्तो घरको कल्पना गर्नुहोस् त, तपाईंलाई यो स्वप्निल विवरण लाग्नसक्छ । तर, यो वास्तविक घर हो । यहाँ सुपरस्टार अक्षयकुमार र उनकी पत्नी ट्वींकल खन्ना बस्छन्, दुई सन्तानका साथ । घरमा घरपालुवा जनवार पनि छ ।

ट्वींकल खन्ना र अक्षय कुमारको घरको सुरुवात रंग-विरंगी  फूलको साथमा हुन्छ, जहाँबाट अरब सागर देखिन्छ । यस घरको पुरा डेकोरेसन अर्थात साजसज्जा र इन्टेरियर ट्वींकल खन्नाले नै गरेकी हुन् । उनी आफ्नै मर्जी अनुसार यस घरलाई सजाउन चाहन्थे । ट्वींकलले घरलाई यसरी सजाउन चाहेकी थिइन्, जसको घतलाग्दो कथा होस । त्यही कुरालाई ध्यानमा राखेर उनले धेरै फेमेली फोटोग्राफ्स सजाएकी छिन् ।

यस घरको एउटा विशेषता भनेको आँपको रुख हो । ट्वींकल खन्नाकी पिता राजेश खन्नाके लिभिङ रुममा पनि आँपको रुख थियो । त्यसैले ट्वींकलले आफ्नो घरमा पनि आँपको रुख रोपेकी हुन् ।

यस घरको ग्राउन्ड फ्लोरमा ठूलो वार्डरोब, किचन र होम थिएटर छ । यसका साथै लिभिङ एरिया पनि छ, जहाँ गणपति भगवानको सुन्दर प्रतिमा सजाइएको छ । त्यहाँ सानो आकर्षक जलकुण्ड पनि छ । लिभिङ रुमको ठिक अगाडि डाइनिङ एरिया छ । त्यही बसेर उनको परिवार एकसाथ खाना खाने गर्छन् ।

फस्र्ट फ्लोरमा बेडरुम, ट्वींकलको होम अफिस, पेन्ट्री र बालकोनी छ । पहिलो फ्लोरमा ट्वींकलले पूर्ण रुपमा आफैले डेकोरेशन गरेकी हुन् । यस घरमा धेरैजसो खैरो रंग प्रयोग गरिएको छ । साथै यहाँ इटालियन स्टाइलको सोफा छ । यस फ्लोरमा धेरैजसो यूरोपियन र साउथ इन्डियन मूर्ति छ । साथै एक ठूलो पेन्टिङ पनि छ । ट्वींकलले बालकोनीमा एक सानो बेड पनि राखेकी छिन्, जहाँ सबै मिलेर लुडो लगायत खेल खेल्ने गर्छन् ।

ट्वींकल र अक्षय आफ्ना परिवार र साथीहरुको नजिक बस्न रुचाउँछन् । त्यहीकारण उनीहरु बान्द्राबाट जुहूमा सरेका हुन् । त्यहाँ अक्षयकी बहिनी पनि बस्छिन् । जबकी ट्वींकलकी ममी, अक्षयको अफिस र जिम पनि नजिकै छ ।

पारिवारिक अक्षय

घर मात्र ठूलो कुरो होइन । घर भौतिक कुरा हो । घरलाई घर जस्तै बनाउनका लागि त्यहाँ पारिवारिक माहौल हुनुपर्छ ।

भनिन्छ नि, जहाँ घर हुन्छ, त्यहाँ मन पनि हुनुपर्छ । घरलाई आकर्षक बनाउन मनग्यै खर्च गरेका अक्षय र ट्वींकलले घरलाई भावनात्मक रुपले पनि जोड्ने यत्न गरेका छन् । जतिसुकै व्यस्त भएपनि उनीहरु पारिवारिक समय विताउँछन् । परिवारसँग रमाइलो गर्ने, खानपिन गर्ने गर्छन् ।

अक्षयले परिवारकै लागि हप्तामा एक दिन पुरा समय दिने गरेका छन् । जस्तोसुकै सेड्युल भएपनि उनी परिवारको लागि समय छुट्यान कन्जुस गर्दैनन् । बेलाबखत अक्षय आफ्नो किचनमा आफै खानेकुरा पकाइरहेको तस्वीर पनि सार्वजनिक हुने गरेका छन् । यस्तो अवस्थामा उनको छोरो पनि साथमै हुन्छन् ।

अक्षय एकदमै पारिवारिक जीवन मन पराउने मात्र होइन, संयमित र सन्तुलित दिनचर्या पालना गर्ने व्यक्ति पनि हुन् । उनी नियमित ९ बजे ओछ्यानमा पुग्छन् । विहान साढे चार बजे उनलाई उठ्नैपर्छ । अक्षय हरेक दिनको सूर्योदय हेर्न छुटाउँदैनन् । यही किसिमको तालिकामा अभ्यस्त भएकाले उनी रातीको पार्टी एवं इभेन्टहरुमा सहभागी हुँदैनन् ।

ट्वींकल र अक्षयको कुरा

त्यसो त अक्षयलाई बलिउडमा ‘खिलाडी ब्वाई’ भन्ने गरिन्छ । यसको दुई कारण छन् । एक त उनी ‘खिलाडी’ फिल्मबाटै बलिउडमा उदाएका हुन् । त्यसपछि पनि उनले ‘खिलाडी’ जोडिएका फिल्महरु दिए, जो सुपरहिट भयो । जस्तो कि, मैं खिलाडी तू अनाडी, सबसे बडा खिलाडी, खिलाडियोका खिलाडी, मिस्टर एन्ड मिसेस खिलाडी आदि ।

अर्को चाहि उनी प्लेब्वाईको रुपमा चिनिए । अर्थात युवतीसँग को चक्करमा पनि उनी खिलाडी निस्किए । थुप्रै बलिउड अभिनेत्रीसँग उनको नाम जोडिन्छ । कतिसम्म भने, उनले एकसाथ दुई जना अभिनेत्रीसँग पनि डेट गरेका थिए ।

अभिनेत्री ट्वींकलसँग उनले सन् २००१ मा विवाह गरेका हुन् । उनीहरुको दुई बच्चा छन् । भनिरहनु पर्दैन, ट्वींकल अभिनेता राजेश खन्नाकी छोरी हुन् । राजेश खन्ना, जो आफ्नो जमनाका सर्वाधिक पि्रय सुपरस्टार हुन् । अहिले पनि के भनिन्छ भने, राजेशको जस्तो स्टारडम बलिउडमा सायदै मिल्छ । न अहिले, न भविष्यमा नै ।

कुनैबेला अक्षयकुमार फोटोग्राफी गर्थे । त्यही बखत उनी राजेश खन्नाको फोटो पुर्‍याउन उनको निवासमा गएका थिए र लामो पंक्तिमा घण्टौ उभिएपछि राजेशलाई भेटेका थिए । उनै राजेशकी छोरी अहिले अक्षयको जीवनसाथी भएकी छिन् ।

अक्षय र ट्वींकलको पहिलो भेट मुम्बईमा भएको थियो, फिल्मफेयर म्यागजिनको सुटिङमा । त्यसबेला अक्षयकुमार ट्वींकललाई देखेर मोहित भएका थिए । म्यागजिन शूटपछि अक्षय र ट्वींकलको फिल्म ‘इन्टरनेशनल खिलाडी’को छायांकन भयो । यही क्रममा उनीहरुको माया पिरती बस्यो ।

घतलाग्दो त के भने, अक्षय र ट्वींकलको इंगेजमेन्ट दुई पटक भएको थियो । पहिलो पटक इंगेजमेन्ट गरेपछि पनि उनीहरुको सम्बन्ध टुटेको थियो । दोस्रो पटक इंगेजमेन्टपछि भने उनीहरुले लगनगाँठो कसे ।

यद्यपी उनीहरुको विवाह त्यती सजिलै भने भएको थिएन । खासगरी ट्वींकलको परिवारले उनीहरुको विवाहलाई त्यती रुचाएका थिएनन् । खासगरी ट्वींकलकी आमा डिम्पलले उनीहरुलाई रुचाएका थिएनन् । तर, पछि अक्षयसँग उनीहरुको संगत बढेपछि भने विवाहको लागि राजी भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment