+
+
Shares

अमेरिकाको लुजियाना राज्यमा गोली चलाएर ८ बालबालिकाको हत्या

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ७ गते ८:१०

७ वैशाख, काठमाडौं । अमेरिकाको लुजियाना राज्यमा भएको गोलीकाण्डमा ८ बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेहरु एकदेखि १४ वर्ष उमेर समूहका छन् । गोली चलाउने व्यक्ति पनि प्रहरी कारबाहीमा मारिएका छन् ।

प्रहरीले यस घटनालाई ‘घरेलु विवाद’ (डोमेस्टिक डिस्टर्बेन्स) को परिणामका रूपमा व्याख्या गरेको छ ।

स्थानीय समय अनुसार बिहान करिब ५ बजे सुरु भएको घटनामा एक जना बन्दुकधारीले १० जनामाथि गोली चलाएका थिए । त्यसपछि उनी चोरी गरिएको गाडी चढेर फरार भएका थिए । प्रहरीले पछ्याएर आक्रमणकारीलाई गोली हानी मारिएको जनाएको छ ।

सो गोलीकाण्डमा केही घाइतेसमेत भएका छन् । तर प्रहरीले मृतक र घाइतेहरुको पूर्ण विवरण सार्वजनिक गरेको छैन । घटनामा घाइते भएका केहीलाई अस्पताल लगिएको छ ।

प्रहरीले घटना एक ठाउँमा मात्र नभई वेस्ट ७९ औँ स्ट्रिटका दुई घर र ह्यारिसन स्ट्रिटस्थित अर्को घरसहित तीन स्थानमा भएको जनाएको छ ।

अधिकारीहरुले यो घटनालाई इतिहासकै सबैभन्दा दु:खद भनेका छन् ।

आक्रमणकारीको पहिचान शमर एल्किन्सको रुपमा गरिएको छ । उनी एक व्यक्तिको गाडी कब्जा गरी भाग्ने प्रयास गरेका थिए । प्रहरीले उनलाई बोसियर पारिस क्षेत्रमा पछ्याएर गोली चलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?