+
+
Shares

आज तराई मधेशमा तातो हावा चल्ने प्रक्षेपण

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ७ गते ८:५३

७ वैशाख, काठमाडौं । अधिकतम र न्यूनतम तापक्रमको वृद्धिसँगै केही दिनयता देशभर गर्मी बढ्दै गएको छ । आज तराई मधेशका जिल्ला, उपत्यका र खोँचहरुमा तातो हावा चल्ने प्रक्षेपण छ ।

जल तथा मौसम विज्ञान विभागले आज बिहान जारी गरेको मौसम बुलेटिनमा लेखिएको छ, ‘मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरुमा तातो दिन हुने सम्भावना रहेको छ ।’

विभागका मौसमविदहरुका अनुसार आज कैलालीको धनगढी, डोटीको दिपायल र बाँकेको नेपालगञ्जमा तातो हावाको लहर चल्ने प्रक्षेपण छ । साथै दाङको घोराही र रुपन्देहीको भैरहवामा पनि तातो दिन हुने सम्भावना छ ।

आज दिउँसो धनगढी, दिपायल र नेपालगञ्जमा अधिकतम तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियस पुग्ने प्रक्षेपण छ । यसैगरी घोराही र भैरहवामा ३६ देखि ३८ डिग्री सेल्सियस पुग्ने अनुमान छ ।

केन्द्रीय राजधानी काठमाडौंमा भने आज दिउँसोको अधिकतम तापक्रम २८ देखि ३० डिग्री सेल्सियस पुग्ने मौसम विज्ञान विभागको अनुमान छ ।

मौसमविद सन्जिव अधिकारीका अनुसार अन्य ठाउँहरुमा पनि गर्मी बढ्ने सम्भावना देखिएको छ ।

मंगलबार पनि कोशी बाहेकका प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने अनुमान छ । त्यसैले गर्मीको बेला अनावश्यक रुपमा घरबाहिर ननिस्किन, प्रशस्त पानी पिउन र शरीर छोपिने खालका कपडा लगाउन विज्ञहरुले सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?