Comments Add Comment

कांग्रेसको कार्यक्रममा वैद्य माओवादीको अवरोध

१३ कात्तिक, पाँचथर । वैद्य माओवादीका कार्यकर्ताहरुले पाँचथरको पूर्वी फलैंचा गाविसमा कांग्रेस क्षेत्र नं. १ को चुनावी घर दैलो कार्यक्रममा बुधबार विहान अवरोध गरेका छन् ।
सदरमुकामबाट फिदिमबाट तीन पैदल पूर्व भारतीय सीमासागैका फलैंचा गाविसमा-३ को तिनचिम्बुमा कांग्रेसका उम्मेदवार नरेन्द्रकुमार केरुङसहितका नेता कार्यकर्तामाथि ढुंगामुढा गरेर वैद्य माओवादीले अवरोध गरेका हुन् ।

वैद्य माओवादीका कार्यकर्ताले गरेको ढुंगामुढाबाट तीनजना कांग्रेस कार्यकर्ता सामन्य घाइते भएका छन् ।  कांग्रेस क्षेत्र नं. १ का उम्मेदवार नरेन्द्रकुमार केरुङले वैद्य माओवादीको अवरोधपछि सो गाविसको आमसभा ९ नं. वडामा गर्न लागिएको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका इन्स्पेक्टर सञ्जीवबाबु खड्काले घटनालगत्तै फलैंचा र च्याङथापुबाट थप सुरक्षाबल पठाएर कांग्रेसको कार्यक्रम जारी राखिएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment