Comments Add Comment

महोत्तरीमा अपहरित सुरेशको भारतबाट उद्दार

७ चैत, जलेश्वर । महोत्तरीका एक व्यक्तिको अपहरणमा परेको झण्डै तीन सातापछि भारतबाट सकुशल उद्दार गरिएको छ ।

गौशाला नगरपालिका ८ का २९ वर्षीय सुरेश साह फागुन १९ गते अपहरणमा परेका थिए । उनले भारतबाट उद्दार गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अपहरणकारीले उनका भिनाजु अमरनाथ महतोलाई फोन गरी फिरौती मागेका थिए । उक्त फोन लोकेसन भारतको बेतिया तथा बगहा भन्ने ठाउँमा देखिएपछि प्रहरीले भारतीय प्रहरीसँग समन्वय गर्‍यो ।

५ चैतमा फिरौती रकम लिन आएका बाराको रामपुरका मुन्ना भन्ने सुरज चौधरी र काशी साह कानु पक्राउ परे । मुन्नाको साथमा एक राउण्ड लोड गरिउको कटुवा पेस्तोलसहित गोली चार थान बरामद भयो ।

उनीहरुको बयानका आधारमा सुरेशलाई बाल्मिकीनगरको मैन्मा जंगलको नहर छेउमा बन्धन बनाएको अवस्थाबाट उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment