Comments Add Comment

जनमत संग्रहबारे शशांकले बोली फेरे

७ चैत, चितवन । धर्मसँगै संघीयता र गणतन्त्रबारे समेत जनमत संग्रह गर्न तयार रहेको अभिव्यक्ति दिएर विवादमा परेका नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले बोली फेरेका छन् ।

गणतन्त्र र संघीयता जनआन्दोलनको उपलब्धी भएको भन्दै उनले जनमत संग्रह हुन नसक्ने बताएका छन् । भरतपुर विमानस्थलमा बिहीबार पत्रकारसँग कुराकानी गर्दै महामन्त्री कोइरालाले भने, गणतन्त्र र सङ्घीयता जनआन्दोलनको उपलब्धि हो । यसमा जनमत सङ्ग्रह गर्नुपर्छ भन्ने कुरा गरेकै छैन ।’

यसअघि बुधबार आफ्नै निवासमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कोइरालाले धर्मबारे जनमत संग्रह गर्नुपर्ने धारणा राखेका थिए । यसो गर्दा गणतन्त्र र संघीयताबारे पनि प्रश्न उठ्ला, त्यसमा पनि जनमत संग्रह गराउन कांग्रेस तयार छ भन्ने प्रश्नमा उनले भनेका थिए, तयार छ । किन नहुनू ?

तर, भोलिपल्ट बिहीबार बोली फेरेका उनले गणतन्त्र र संघीयता जनआन्दोलनको उपलब्धि भएको भन्दै यसको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताए । कांग्रेस महामन्त्री कोइरालाले हिन्दु राज्यका बारेमा जनमत संग्रह गर्न जनताले सरकारलाई दबाब दिनुपर्ने दोहोर्‍याए ।

सरकारले नेकपा विप्लव समूहलाई प्रतिबन्ध लगाउनु गलत भएको धारणा महामन्त्री कोइरालाको छ । उनले वार्ता र सम्वादको माध्यमबाट समस्याको सामाधान खोज्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment