Comments Add Comment

कोरियामा नेपाली समस्या अध्यन समितिको प्रतिबेदन : हात्ति आयो हात्ति आयो फुस्सा

मीन प्रकाश उप्रेती

२४ मंसिर,  सउल । दक्षिण कोरियामा नेपाली कामदारहरूमा बढ्दो आत्महत्याका घटना र उनीहरूका समस्याबारे अध्ययन गर्न गठित समितिले बुझाएको प्रतिबेदन अन्तत: हात्ति आयो हात्ति आयो फुस्सा भने झै भएको छ ।

partibedan

 कोरियास्थित नेपाली दूतावासले डेढ वर्ष अघि गठन गरेको अध्ययन समितिले हचुवाको भरमा प्रतिबेदन पेस गरेको भन्दै प्रतिबेदनको सर्वत्र निन्दा र आलोचना हुन थालेको छ ।

अध्ययन र सुझावसहित तीन महिना भित्र प्रतिबेदन बुझाउन गठित समितिले डेढ वर्ष लगाएर उक्त प्रतिबेदन दूतावासलार्इ बुझाएको हो । दूतावासको सभाहलमा आइतबार सार्वजनिक गरिएको प्रतिवेदनमा कोरियामा रहेका नेपाली कामदारहरूले आफ्ना समस्याहरू राख्ने र सुनाउने उचित ठाउँ नहुँदा मानसिक तनावदेखि आत्म हत्यासम्मको बाटो रोज्नु परेको मुख्य बिषय नै प्रतिबेदनमा उल्लेख नभएको पाइएपछि प्रतिवेदनको आलोचना भएको हो ।

प्रतिवेदनवारे के भन्छन् जानकारहरू ?

प्रतिबेदन अपूर्ण : सिटौला

गैरआवासीय नेपाली संघका आईसीसी प्रतिनिधि केपी सिटौलाले समितिले फेश गरेको प्रतिबेदन अपूर्ण भएको बताउनु भएको छ । अनलाइनखबरसँग कुरा गर्दै सिटौलाले भन्नु भयो,’दूतावासले अध्ययन गर्न गठित समिति त गठन गर्यो ।Kp-sitaula तर स्रोत साधान र अधिकार दिएन, यस्तो अवस्थामा कसरी प्रतिबेदनमा सबै कुरा आउँन सक्छ ?’ सुरुवात राम्रो भएपनि उचित र चित्तबुझ्दो कुरा बाहिर ल्याउन नसकेको सिटौलाको भनाई थियो ।

समितिलाई स्रोत साधान र अधिकारसहित बिज्ञहरुलाई समावेश गरी दरो र भरपर्दो प्रतिबेदन आउने खालको समिति बनाउनु पर्ने सुझाव दिनुभयो । साउले तलब र उपदान दिएको हुँदैन उ त्यसको कानुनी उपचारका लागि दूतावास जानु पर्ने हुन्छ, मेरो पैसा नदिएको कारणले म दूतावास जान्छु भन्दा बिदा दिँदैन , पीडितले समस्या राख्न कोरियन बिदाकै दिन रोज्नु पर्ने हुन्छ तर बिदाकै दिन दूतावास पनि बन्द हुन्छ, यसबाट उत्पन्न भएका नेपालीका समस्यामा किन प्रतिबेदन मैान छ ? सिटौलाले प्रश्न गर्नुभयो ।

भुक्तभोगी र अनुभको अभाव : कुँवर

गैरआवासीय संघ कोरियाका अध्यक्ष विनोद कुँवरले अध्ययन समितिमा भुक्तभोगी र अनुभवि प्रतिनिधित्व नभएकै कारणले प्रतिबेदन चित्त बुझ्दो नआएको बताउनु भयो । Binod-kuwarकोरियामा नेपालहरुले आफ्ना समस्या राख्न त परै जावोस् खुलेर रुनसम्म उचित ठाउँ पाएका छैनन् यी कुराहरूलाई चटक्कै बिर्सिएर दूतावासको बचाउँमा आएको यो प्रतिबेदन ठिक नभएको कुँवरले बताउनु भयो ।

अध्यान कमिटिमा कोरियामा लामो समय सम्म नेपालीको हितमा काम गरेका र श्रम कानुन जान्ने सदस्यको अभावमा यसले सही कुरा बाहिर ल्याउँछ भन्ने कुरामा विश्वास नभएको र त्यही अनुसारको प्रतिवेदन आएको कुँवरको भनाई थियो ।

प्राबिधिक अध्ययन बेगरको प्रतिबेदन : डा. तिवारी

कोरियामा स्वास्थ्य र मनोबिज्ञान सम्बन्धि नेपालीहरूलाई निःशुल्क परामर्श दिँदै आउनु भएका डा. बिरेन्द्र तिवारीले प्राविधिक अध्ययन बेगर आएको प्रतिबेदन भन्दै राजदूत कमानसिंह लामाको मनका कुरा लेखि दिएको खेस्राको संज्ञा दिनु भयो ।Dr-tiwari

डा. तिवारीले प्रश्न गर्नु भयो,’कोरियामा आत्म हत्या , दुर्घटना र हृदयघातका कारण मृत्यु भएका नेपालीहरूको पोष्टमार्टमको अध्ययन गर्ने प्राबिधिक ज्ञान भएको सदस्य अध्ययन कमिटीमा खोइ ? प्रहरीसँग गएर सबै कुरा लिन सक्ने अधिकार कमिटीलाई खोइ?’ साँच्चै कोरियामा नेपालीहरूको मृत्युदर कम र समस्या सावाधान गर्ने हो भने दक्ष प्राबिधिक, कानुनबिध र अधिकार सम्पन्न कमिटी बनाउनुपर्नेमा डा. तिवारीको जोड थियो ।

 आसेपासे कमिटीले नुनको सोझो गर्यो : पत्रकार श्रेष्ठSantosh-shrestha

कोरिया सन्देश क्लबका उपाध्यक्ष तथा पत्रकार सन्तोष श्रेष्ठले राजदूत लामाले कसैलाई थाहा नै नदिई गठन गरेको कमिटीले नुनको सोझो मात्र गरेको बताउनु भयो । श्रेष्ठले ब्यङ्गय गर्दै भन्नु भयो,’तीन महिनाभित्र प्रतिबेदन बुझाउने गरी गठन भएको यो कमिटीले धन्न डेढ वर्षमा प्रतिबेदन बुझाउन सफल भयो ।’

त्रुटि सच्चाइन्छ : अध्ययन कमिटी

अध्ययन कमिटीका अगुवा डा. देवीबहादुर बस्नेतले आफूले पाएको अधिकार र स्रोत साधानले उक्त प्रतिबेदन तयार गरेको भन्दै केही त्रुटि भएको स्वीकार गर्दै सच्चाउने बताउनु भएको छ ।

अध्ययन टोलीका सदस्य बस्नेतले सार्वजनिक गरेको प्रतिबेदनमा केही कम्पनीमा फरक-फरक देशका कामदारलाई एउटै कोठामा राखिएको, प्रशिक्षणको अभाव रहेको, भाषिक र सांस्कृतिक विविधता, महत्वाकांक्षी सोच भएका कारण समस्या उत्पन्न भएको उल्लेख गरिएको छ । यसैगरी प्रतिबेदनमा खानपिन, मदिरापान, प्रेमिका, कामको अनुभव नहुनु पनि मानसिक तनावको कारण बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment