+
+
Shares

सामसङ ग्यालेक्सी ए३० को मूल्य घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १५ गते २०:४६

१५ चैत, काठमाडौं । सामसङको ग्यालेक्सी ए३० को मूल्य घटेको छ । ग्यालेक्सी ए सिरिज अन्तर्गतको ग्यालेक्सी ए३० को मूल्य एक हजार ५ सय रुपैयाँ घटेको हो । कम्पनीका अनुसार
अब यो स्मार्टफोन २६ हजार ९ सय ९० रुपैयाँमा उपलब्ध हुनेछ ।

यस फोनमा अतुलनीय सुविधाहरु समावेश गरिएको कम्पनी बताउँछ । यस स्मार्टफोनमा दुई वटा क्यामरा अल्ट्रा- वाईड एङ्गल लेन्स सहित १६ मेगापिक्स्चल एफ (१.७) ५ मेगापिक्स्चल एफ् (टु.टु) रहेको छ ।

यसमा चार हजार एमएएच् व्याट्री रहेको छ भने यसमा १५ वाट फास्ट चार्जर प्रविधि तथा एज-टु-एज ६.४ ईन्च सुपर एएमओएलईडी ईन्फिनीटी-यु डिस्प्ले रहेको छ, जसले प्रयोगकर्तालाई भिडियो, गेम, मल्टिटास्किङ्ग आदि चलाउँदा प्रभावशाली अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।

फिंगर प्रिन्ट सेन्सर समेत रहेको यो स्मार्टफोन निलो र कालो रङमा उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?