Comments Add Comment

नेपाल-भारत हस्तकला प्रदर्शनी शनिबारदेखि

Photo Credit : फाइल फाेटाे/हस्तकला मेला

१५ चैत, काठमाडौं । साउथ एसिया फाउण्डेसन र साउथ एसिया फाउण्डेसन नेपाको पहलमा चैत १६ गते शनिवार देखि ४ दिने नेपाल भारत हस्तकला प्रदर्शनी हुने भएको छ ।

शनिबार प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले प्रदर्शनीको उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रममा भारतीय राजदुत एसएच मन्जीव सिंह पुरीको पनि उपस्थिती रहनेछ ।

नेपाल र भारतको हस्तकलाको दुइपक्षीय सम्बन्ध विस्तार तथा कलागीगढको अनुभव साटासाट गर्न प्रदर्शनीले महत्वपुर्ण योगदान पुर्याउने विश्वास गरिएको छ । ठमेल स्थित छायाँ सेन्टरको कोर्ट यार्डमा आयोजना हुने उक्त प्रदर्शनीमा नेपाल र भारतको हस्तलाको विषेशता तथा संस्कृतीका बरेमा बृहत रुपमा जानकारी दिइनेछ ।

५ दिनसम्म चल्ने प्रदर्शनीमा नेपाली तथा भारतीय कालीगढले बनाएका एक्सक्लुसीभ कलाकृतिको प्रदर्शनी हुनेछ। त्यसका साथै प्रदर्शनीमा कालीगढले आफ्ना कला कौशल प्रत्यक्ष रुपमा प्रदर्शन गर्नेछन ।

दुई देश विचको सम्बन्धलाइ थप मजबुत बनाउन प्रदर्शनीमा नै खरिदकर्ता तथा बिक्रीकर्ताको भेटघाटगराइनेछ । यसले र्दुइ देश विचको हस्तकलाको ब्यापारमा सहजता अभिवृद्धि गर्न टेवा पुर्याउने विश्वास गरिएको छ ।

नेपाल भारत हस्तकला प्रदर्शनीलाई भारत सरकारको टेक्सटायल मन्त्रालयको प्रयोजन गरेको छ । त्यसै गरी काउन्सील अफ हेण्डीक्राफ्ट डेभलपमेन्ट कर्पोरेसन र भारत सरकारको डेभलपमेन्ट कमिसनर तथा साउथ एशिया फाउण्डेसनको सककार्यमा प्रदर्शनी आयोजना गरिएको हो ।

प्रदर्शनीलाई भारतीय राजदुतावस, नेपाली दुतावास नयाँ दिल्ली तथा विपि कोइराला भारत नेपाल फाउण्डेसनको समेत सहयोग रहेको छ । शनिवार सांस्कृतीक कार्यक्रमको विचमा उदेघाटन हुने प्रदर्शनीमा नेपाल र भारतका गरी करिव २० जातीका ८० भन्दा धेरै कालीगडको सहभागतिा रहनेछ ।

त्यसमा नेपालका विभिन्न क्षेत्रवाट ३० कालिगढ सहभागी हुनेछन् ।साथै प्रदर्शनीमा डिजाइन डेभलपेमन्ट वर्कसप समेत सञ्चालन हुनेछ । उक्त वर्कसप साउथ एयिन फाउण्डेसनका डिजाइनरले नेपाल भारतका कालीगढलाइ नयाँ डिजाइन तथा बजार मैत्री उत्पादनका बारेमा परिचित गराउनेछन् ।

साउथ एसिया फाउण्डेसन नेपालको स्थापना सन् २०१४ मा भएको हो । फाउण्डेसनको मूख्य कार्यलय भारतको दिल्लीमा रहेको छ भने रजिष्टर्ड कार्यालय काठमाडौमा रहेको छ ।

फाउण्डेसनले नेपाली समाजका दलीत तथा पिछडिएको समुदायको जीवन स्तर सुधारका लागि काम गर्दै आएको छ । फण्डेसनले साउथ एसिया फउण्डेसनसँगको सहकार्यमा हस्तकलासम्बन्धी काम गर्दै आएको छ ।

त्यसका साथै डेरि तथा अर्गानिक उत्पादन मार्फत विषेश गरी महिलालाई रोजगारीका अवसर सृजना गर्दै आएको छ । साउथ एसिया फाउण्डेसनले नेपाल र भारतमा रहेका हस्तकला कालीगढको जीवनस्तर सुधारका साथै हस्तकलालाई सबल बनाउनका लागि काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment