Comments Add Comment

महिलाको आभूषणको वैज्ञानिक महत्व

एउटा सामान्य प्रश्न, महिलाले किन नाडीमा चुरा लगाएका होलान् ? किन निधारमा टिका लगाएका होलान् ? औंलामा किन औंठी लगाएका होलान् ? नाकमा किन फुली लगाएका होलान् ? कानमा किन कुण्डल लगाएका होलान् ? पाउमा किन पाउजु लगाएका होलान् ? गलामा किन माला लगाएका होलान् ?

तपाईं एकपटक नसोची जवाफ दिन सक्नुहुनेछ, ‘राम्री देखिनका लागि ।’ यदि महिलाले राम्री देखिनका लागि यावत् आभूषण लगाउँछन् भने पुरुषले किन नलगाएको होलान् ? के पुरुषलाई राम्रो देखिनु छैन ? पुरुषमा सौन्दर्य-चेत छैन ?

यो प्रश्न आइसकेपछि तपाईं जरुर गंभीर बन्नुहुनेछ । वास्तवमा महिलाहरु नै त्यस्ता आभूषणले सजिने गर्छन्, जहाँ सिरबन्दीदेखि पाउजुसम्म हुन्छ ।

के यी आभूषणको सम्बन्ध नारीको सौन्दर्यसँग मात्र छ त ? कि यसको कुनै अर्थ होला ?

निश्चय पनि आभूषण नारी सौन्दर्यका साधन मात्र होइनन् । नारीको आवरणलाई आकर्षक देखाउन मात्र यस्ता आभूषणको रचना भएको होइन । नारीले लगाउने चुरा, माला, शिरबन्दीदेखि पाउजुसम्मका आभूषण उनीहरुको मानसिक र शारीरिक स्वास्थ्यसँग जोडिएको कुरा हो । अतः महिलाले आभूषण लगाउनुको विलासी होइन वैज्ञानिक छ ।

हुन त नारीलाई प्रकृतिकै सुन्दर रचना मानिन्छन् । उनीहरु कोमल हुन्छन् । सुन्दर हुन्छन् । नारी आफैमा सौन्दर्यका मानक पनि हुन् ।

आभूषणको वैज्ञानिक रहस्य

महिला र पुरुष एक अर्काका पूरक हुन् । यद्यपी प्रकृतिले दुबैको स्वरुप अलग बनाइदिएको छ । मनले, तनले, उनीहरु पुरुषभन्दा भिन्न छन् । महिला संवेदनशील हुन्छन् । तुलनात्मक रुपमा पुरुष कठोर । बाह्य स्वरुपको हिसाबले पनि उनीहरुको प्रकृति भिन्न हुन्छ ।

महिलामा हार्मोनल उतारचढावको प्रभाव बढी रहन्छ ।

प्राचीन ऋषिले केही यस्ता साधन निर्मित गरे, जसले उनीहरुको मन र स्वास्थ्य रक्ष गर्न सकियोस् । अर्थात महिलाको शरीरमा आभूषणको उपयोग त्यसकारण गरियो कि, जसले उनीहरुको हर्मोनल सन्तुलनदेखि शारीरिक सुरक्षासम्म गर्न सकियो ।

तर, समयक्रमसँगै यो सौन्दर्यको प्रसाधन बन्न थाल्यो । यसलाई सुन्दर गहनाको रुपमा लिइयो र नियमपूर्वक लगाउन थालियो ।

तपाईं हामीलाई थाहै छ, महिलाले लगाउने यी आभूषण मूल्यवान् धातुको हुनेगर्छ । सुन, चाँदी आदि । यी धातुको पनि शरीरसँग खास सम्बन्ध रहन्छ । किन गहना लगाइन्छ ? गहना लगाउँदा शरीरमा के हुन्छ ? गहनाका लागि सुन वा चाँदी जस्ता बहुमूल्य धातु नै किन प्रयोग गरिन्छ ? यसको जवाफ निकै घतलाग्दो र अर्थपूर्ण छ । बैज्ञानिक पनि ।

स्वर्ण आभूषण अर्थात सुनको गरगहनाले गर्मी र चाँदीको गहनाले चिसोमा असर गर्छ ।

कम्मर माथिको भागमा सुनका गहना लगाइन्छ । कम्मर मुनीको भागमा चाँदीको आभुषण लगाइन्छ । किन होला ? किनभने गहनाले शरीरलाई तातो र चिसोको सन्तुलन बनाइराख्नका लागि हो ।

चुरा लगाउनुको फाइदा

साउन महिना लाग्दैछ । साउनमा महिलाहरु हरियो, रातो, पहेंलो चुरामा सजिने गर्छन् । यद्यपी अन्य समयमा पनि चुरा लगाउने गरिन्छ । महिलाको नाडीमा चुराले बेग्लै शोभा दिन्छ ।

खासमा नाडीमा चुरा लगाउनुको अर्थ भनेको चुराले छालामा घर्षण गराउनका लागि हो । यसरी घर्षण भएपछि त्यसले रक्तसंचार सुचारु गराउँछ । यो घर्षणले उर्जा पनि पैदा गर्छ, जसले गर्दा चाडै थकान लाग्दैन ।

नाडीमा गहना लगाउँदा श्वास रोग, हृदय रोगको संभावना घट्छ । चुरा मानसिक सन्तुलन बनाइराख्नमा सहायक हुन्छ । चुरामा पनि रातो र हरियो रंगको चुरा उत्तम मानिन्छ ।

खुट्टाको औंलामा औंठी लगाउनुको फाइदा

कतिपय महिलाले खुट्टाको औंलामा पनि औंठी अर्थात रिङ लगाएका हुन्छन् । यो केवल देखाउनका लागि मात्र होइन । यसले महिलाको हर्मोनल प्रणालीलाई सही राख्छ । साथै थाइराइडको संभावना पनि कम हुन्छ ।

यस्ता औठीले एक्युप्रेशर उपचार पद्धतीकै काम गर्छ, जसले शरीरको तल्लो अंगको तान्त्रिका तन्त्र र मांशपेशी सबल राख्छ ।

पाउजु लगाउनुको फाइदा

पाउजु लगाउनुको पनि खास फाइदा छ । जब पाउजु लगाइन्छ, त्यसबाट खुट्टामा विद्युत उर्जा प्रवाहित हुन्छ जसले शरीरलाई सुरक्षित राख्छ । साथसाथै पाउजुले महिलाको पेट र त्यसभन्दा तलको अंगामा रहेको बोसो बढ्ने गति रोक्छ ।

पाउजु चाँदीको लगाउनुपर्छ । यसको घर्षणले खुट्टाको हड्डी पनि बलियो बनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment