Comments Add Comment

एमाओवादीको पत्रकार सम्मेलनमा कुटाकुट

१७ पुस, पर्सा । पर्सामा एकीकृत माओवादीका कार्यकर्ताहरुवीच कुटाकुट भएको छ । सम्झना होटलमा बुधवार पर्साका नेता कार्यकर्ताले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीकै युवाले हस्तक्षेप गरी पार्टी नेतृत्वको विरोध गर्नेलाई कुटपिट गरेका हुन् ।maoist flag

पार्टीका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको सूची सच्याउनुपर्ने मागसहित एमाओवादी पर्साका योगेन्द्र साहलगायतका नेता कार्यकर्ताले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीकै कार्यकर्ता सुजित गिरीको नेतृत्वमा आएका युवाले पार्टी नेतृत्वको विरोध गर्नेलाई कुर्सी र मोटरसाइकलको हेल्मेटले प्रहार गरेका हुन् ।

गिरी नेतृत्वका युवाको कुटाइबाट क्रान्तिकारी पत्रकार संघका पर्सा जिल्ला अध्यक्ष आरके पटेल, जिल्ला सदस्य अनुपकुमार गुप्ता, वीरेन्द्र साह र पर्शुराम कुश्ावाहा घाइते भएको आयोजकले जनाएका छन् । घाइते सबैको छेउकै औषधि पसलमा लगि उपचार गरिएको एमाओवादी पर्साका कार्यालय सदस्य योगेन्द्र साहले बताउनुभयो ।

उहाँले जिल्ला संयोजक प्रहृलाद गिरीको इसारामा आफूमाथि आक्रमण गरिएको आरोप लगाउनुभयो । पार्टी नेतृत्वले निर्धारण गरेको मापदण्डविपरीत गई अध्यक्ष दाहालले एकलौटी रुपमा समानुपातिकको सूची तयार पारी आयोगमा बुझाएको आरोप लगाउँदै २४ घन्टाभित्र सूची नसच्याइए पार्टी नेतृत्वविरुद्ध कडा आन्दोलन गर्ने नेता साहले जानकारी दिनुभयो । घटनास्थल पुगेर प्रहरीले स्थिति नियन्त्रणमा लिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment