Comments Add Comment

कन्टेनर वीरगञ्जमा आइपुगेको जानकारी दिन ‘आरएफआईडी डिभाइस’

९ चैत, वीरगञ्ज । भारतबाट छुटेको कन्टेनर वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा आईपुगेको जानकारीे दिन ‘आरएफआईडी डिभाईस’ प्रयोग गरिएको छ । ईसिटिएस जडानको जिम्मा लिएको ट्रान्स सेक्युर प्रालीले रेडियो फ्रिक्वेन्सी आईडेण्टिफिकेशन ‘आरएफआईडी डिभाइस’ प्रयोग गरेको हो ।

इलेक्ट्रोनिक कन्टेनर ट्रयाकिङ सिस्टम (ईसीटीएस) ह्यान्डलिङको जिम्मा पाएको ट्रान्स सेक्युरले आरएफआईडी रिडर डिभाइस नेपाली पक्षलाई हस्तान्तरण गरिसकेको छ । तीन दिन अघि तेस्रो मुलुकबाट विशाखापटनम र कलकत्ता हुँदै रेलमार्गबाट नेपालमा आयात हुने मालसामान बोकेको कन्टेनरमा लगाईने आएरएफआईडी डिभाईस रिडर नेपाली पक्षलाई हस्तान्तरण गरिएको थियो ।

दुई दिन अघि -इसीटीएस) डिभाईस जडानको जिम्मा लिएको ट्रान्ससेक्युर प्रालिका नेपाल प्रतिनीधि  एवं उमेश शर्मा र भारतीय कस्टमका राहुल कुमारले सुख्खा बन्दरगाह भन्सार कार्यालयका निमित्त प्रमुख भन्सार अधिकृत विष्णु शर्मालाई आरएफआइडी डिभाईस हस्तान्तरण गरेका थिए ।

भारतीय बन्दरगाहबाटै लगाईने आएरएफआईडी डिभाईसले नेपालमा कन्टेनर आईपुगेको यकिन गराउनुको साथै रिडर मार्फत स्क्यान गरेपछि कन्टेनर बारेको विस्तृत जानकारी सिपिङ कम्पनीको सिस्टममा पठाउने शर्माले बताए । ‘ आरएफडी डिभाईसमा चिप्स जडान हुन्छ तर यो वान टाईम युज गर्ने हो । सुख्खा बन्दरगाहमा आईसकेपछि यसलाई काटेर फालिन्छ ।’ उनले भने ‘ यसले पोर्टबाट छुटेको कन्टेनर नेपालको सुख्खा बन्दरगाह पुगेको कन्र्फम गर्छ । सिपिङ कम्पनीलाई जानकारी पठाउँछ । यो नेपालका लागि सुखद शुरुवात हो ।’  यसअघि सिपिङ लाईनले बुलेट अर्थात बोतल लक लगाएर कन्टेनर पठाउँदै आएका छन् ।

वीरगञ्ज पछि छिट्टै विराटनगर र भैरहवा नाकामा पनि रिडर हस्तान्तरण गरिने उनको भनाई छ ।

तेश्रो मुलुकबाट आयात गरिएको सामान सहितको कन्टेनरमा भारतको कोलकत्ता र बिशाखापटनम बन्दरगाहमा ठूलो इसीटीएस डिभाईस लगाईने गरिएको छ । त्यसलाई सीमावर्ती शहर रक्सोलमा आएपछि खोलेर पूनः फिर्ता पठाईन्छ । ईसिटिएसको ठूलो डिभाईस मात्रै जडान हुँदा पहिले रक्सौलसम्म कन्टेनर आईपुगेको थाहा हुन्थ्यो । त्यसले कन्टेनर नेपालको सीमासम्म पुगेको मात्रै यकिन गराउँथ्यो ।  त्यसपछि कन्टेनर कहाँ ? कुन अवस्थामा छ ? भन्ने जानकारी लिनको लागि आरएफआईडी डिभाइसको प्रयोग गरिएको हो । आरएफडी डिभाईसको मद्दतले अब कन्टेनर सिर्सिया सुख्खा बन्दरगाहमा आईपुगेको जानकारी सजिलै पाईन्सर्सिया सुख्खा बन्दरगाहमा आईपुगेको जानकारी सजिलै पाईन्छ ।

आरएफआईडी डिभाइसबाट कन्टेनरको अवस्था सम्बन्धी सबैकुराको जानकारी पाउन सकिने शर्माले बताए ।


आरएफआइडी डिभाइस रिडर नेपाली पक्षलाई हस्तान्तरण गरिएपनि इन्टरनेट नहुँदा प्रयोगमा समस्या देखिएको छ । फाष्ट इन्टरनेटमा डिभाईस रिडरले सजिलै काम गर्छ । तर वीरगन्ज स्थित सुक्खा बन्दरगाहमा ब्रोडव्याण्ड इन्टरनेट सुविधा छैन ।

ड्राई पोर्ट यार्डमा वाईफाई सुविधा नरहेको र डिभाईसलाई सीमकार्डको माध्यमले मात्रै संचालन गर्दा उपयोगमा जटिलता देखिएको छ । डिभाईस उच्च प्रविधियुक्त भएका कारण यसको प्रयोगका लागि ड्राईपोर्टको यार्डमा तिव्र गतिको वाईफाई सुविधा हुनुपर्ने ट्रान्सक्युरका नेपाल प्रतिनिधि शर्मा बताउँछन् ।

‘ड्राईपोर्ट यार्डमा इन्टरनेट नहुँदा डिभाईसको उपयोगिता लिन नसकेको अवस्था छ । चाडै वाईफाईको सुविधा उपलब्ध गराउन आवश्यक पहलकदमी आवश्यक छ । ‘ उनले भने ‘ मैले पनि आफ्नो तर्फबाट पहल शुरु गरेको छु । सुख्खा बन्दरगाह भन्सार कार्यालयले पनि यसलाई सकारात्मक रुपमा लिनेछ ।’

इसिटिएस प्रविधि जडानका लागि नेपाली आयात कर्ता तथा व्यापारीहरुले प्रति कन्टेनर ३३ सय भारतीय रुपैयाँ तिर्दै आएका छन् ।

सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले सुख्खा बन्दरगाह सञ्चालक कम्पनी हिमालयन टर्मीनलले नै इन्टरनेटको व्यवस्था गर्नुपर्ने बताए । ‘भन्सारले क्लियरिङको काम मात्रै गर्ने हो । व्यवस्थापनको जिम्मा हिमालयन टर्मिनलको छ । आवश्यक भए उसले नै इन्टरनेटको व्यवस्था गर्छ,’ उनले भने ‘ म अहिले बाहिर छु, वीरगञ्ज गएपछि कसरी अगाडी बढ्न सकिन्छ छलफल गर्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment