Comments Add Comment

छोरी अभिशाप होइन, बरदानः मुख्यमन्त्री राउत

९ चैत, सप्तरी । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले छोरी भनेर हेला गर्ने समय समाप्त भइसकेको बताएका छन् । सप्तरीको कंचनरुप नगरपालिका १२ रुपनगर श्रावणपुरमा आयोजित पंचकन्या धार्मिक तथा साँस्कृतिक महोत्सवको शनिबार समापन गर्दै मुख्यमन्त्री राउतले छोरी अभिशाप नभई वरदान भएको बताए ।

‘छोरी भयो भनेर मन छोटो नगरौं, छोरी अभिशाप होइन’ उनले भने, ‘छोरीलाई राम्रो शिक्षा दिएमा छोराजस्तै छोरी पनि अगाडि बढेर घर, परिवार र देशलाई सघाउँछन् ।’

प्रदेश सरकारले बेटी पढाऔं, बेटी बचाऔं’ अभियान शुरु गरेको स्मरण गर्दै उनले प्रदेशमा महिलालाई ५० प्रतिशत आरक्षण दिन सरकारले काम गरिरहेको जानकारी दिए । उद्योग स्थापना गर्नेलाई २० बर्षसम्म प्रदेशमा कुनै पनि कर तिर्न नपर्ने बताउँदै उनले औद्योगिक क्षेत्रमा बन्द हड्ताल गर्न नपाइने कानुन बनाइने बताए ।

कार्यक्रममा प्रतिनिधिसभा सांसद सरिता यादवले भ्रष्टाचार विकासको घातक भएको भन्दै विकास गर्ने हो भने भ्रष्टाचारलाई रोक्नुपर्ने बताइन् । उनले पञ्चकन्या धामलाई विश्वकै सम्पदा सूचीमा राख्न पहल गर्ने प्रतिबद्वता समेत व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment