Comments Add Comment

ए डिभिजन लिगमा मनाङ र आर्मी पराजित

२२ पुस, काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा उपाधिको दाबेदार मनाङ मर्स्याङ्दी र त्रिभुवन आर्मी क्लबले पहिलो हार व्यहारेको छ । लिगमा लगातार दुई खेल जितेको मनाङ, हिमालयन शेर्पासँग तथा आर्मी सरस्वतीसँग पराजित भएको हो ।

सोमबार दशरथ रंगशालामा भएको पहिलो खेलमा हिमालयनले मनाङलाई २-१ ले पराजित गर्‍यो । सेगुनले पहिलो हाफको २१ औं मिनेटमा काउन्टरमा गोल गर्दै हिमालयन शेर्पालाई सुरुवाति अग्रता दिलाए ।

३३ औं मिनेटमा मनाङका योनाले बराबरी गोल फर्काउने मौका गुमाए । खेलमा र्फकने प्रयास गरिरहेको मनाङका सुजल श्रेष्ठको प्रहार ५५ औं मिनेटमा बारमा लागेर फर्कियो भने रिबाउन्स भएको बलमा विशाल राई बीले हेड गर्न खोजे पनि सफल भएनन् ।

६० औं मिनेटमा कप्तान सागर थापाको प्रहार हिमालयन शेर्पाका गोलरक्षक विनय श्रेृष्ठले मुस्लिकले बताए । लगतै स्टफेनको प्रहार पनि विनयले नै बचाए । एक पछि अर्को गर्दै मनाङले खेलमा फर्किने प्रयास गरिरहेका बेला सागर थापाको गल्तीको फाइदा उठाउँदै सेगुनले हिमालयन शेर्पाको अग्रता दोब्बर पारे । ७७ औं मिनेटमा दिपक राईको क्रसमा योनोको हेड गोल प्रयास पनि विनयले असफल पारे ।

एकपछि अर्को गर्दै मनाङको प्रहार रोकेका विनय ८९ औं मिनेटमा भने चुके । सुलभ मास्केले गोल गर्दै खेलमा मनाङलाई खेलमा फर्काउने प्रयास गरेपनि समय घर्किसकेको थियो । खेलमा थप गोल हुन सकेन र हिमालयन शेर्पा २-१ गोल अन्तरले विजयी भयो ।

अर्को खेलमा सरस्वतीले आर्मीलाई १-० गोल अन्तरले पराजित गरेको छ । उनका लागि ६१ औं मिनेटमा रिउसले निर्णायक गोल गरे ।

खेलमा आर्मीले थुप्रै अबसर सृजना गरे पनि गोल गर्न सकेन । उसका अधिंकाश प्रहार सरस्वतिका गोलरक्षक अशोक बरालले असफल बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment