+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

समस्या देखाएर निजी क्षेत्र पन्छन मिल्दैन : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७१ असार ९ गते १२:२६

९ असार, काडमाडौं । अर्थमन्त्री डा. रामशरण महतले मुलुकमा चरम व्यापार घाटा बढेकाले त्यसलाई नियन्त्रण गर्न उच्च दरमा निर्यात बढाउनुपर्ने बताएका छन् ।

नेपाल समुद्रपार निकासी पैठारी सङ्घको ३६औं वाषिर्क साधारण सभाको आइतबार राजधानीमा उद्घाटन गर्दै उहाँले सम्भावना भएका वस्तुको Ramsharan-Mahatऔद्योगिकीकरण गर्दै आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड दिए ।

अर्थमन्त्रीले लगानी बढाउन सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै निजी क्षेत्र समस्या देखाएर भाग्न नमिल्ने र लगानी गर्न डराउन नहुने धारणा राखे ।

लगानीका लागि ऊर्जा सङ्कट नै वाधक देखिएकामा जोड दिँदै मन्त्री डा महतले भने, ‘आगामी तीन वर्षभित्र विद्युत्भार कटौती पूर्णरूपमा हटाएर औद्योगिक वातावरण तयार पार्ने गरी जलविद्युत् आयोजनाका निर्माण प्रक्रिया अगाडि बढाइएको छ ।  निर्माणाधीन आयोजना मात्रै समयमा सम्पन्न हुने हो भने लक्ष्य हासिल गर्न सकिन्छ ।’

तत्काल धेरै वस्तुहरू निर्यात गर्न नसकेपनि चिया र कफीको मात्रै अन्तर्राष्ट्रिय बजार खोज्न सके व्यापार घाटा केही हदसम्म भएपनि कम हुने उनको भनाइ थियो ।

राष्ट्रिया योजना आयोगका उपाध्यक्ष डा गोविन्दराज पोखरेलले सन् २०२२ सम्म विकाशिल राष्ट्रको स्तरमा मुलुकलाई पुर्‍याउन चरम् व्यापार घाटा कम गरी लगानी बढाउनुपर्नेमा जोड दिए ।

भारतलाई उल्ल्ोख्य मात्रामा विद्युत् निर्यात गर्न सकिने तर्क गर्दै उनले त्यसका लागि ऊर्जा क्षेत्रमा देखिएका समस्या एकमुष्ठ रूपमा समाधान गर्न कोही कसैले पनि खुट्टा कमाउन नमिल्ने धारणा राखे ।

नेपाल राष्ट्र बैंकका गर्भनर डा. युवराज खतिवडाले निर्यातमुखी उद्योगमा लगानी बढाउन आग्रह गर्दै मौदि्रक र वित्तीय नीतिमा रहेको समस्या हटाउन बैंक तत्पर रहेको बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यवाहक अध्यक्ष पशुपति मुरारका, नेपाल उद्योग परिसंघका अध्यक्ष नरेन्द्रकुमार बस्न्यात, आयोजक संस्थाका अध्यक्ष अशोककुमार अग्रवाललगायतले निर्यात बढाउन सरकारले वातावरण बनाउनुपर्ने धारणा राखेका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?