Comments Add Comment

फ्रान्स क्वाटरफाइनलमा, नाइजेरिया पराजित

pogba-goal

१६ असार, काठमाडौं । पूर्व च्याम्पियन फ्रान्स विश्वकप फुटबलको क्वाटरफाइनल प्रवेश गरेको छ । सोमबार राति अबेर सम्पन्न प्रि-क्वाटरफाइनलमा अफ्रिका च्याम्पियन नाइजेरियालाई २-० गोल अन्तरले पराजित गर्दै फ्रान्सले अन्तिम आठमा स्थान बनाएको हो ।

फ्रान्स चार वर्ष अघि भएको विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो । नाइजेरियाले भने अन्तिम १६ भन्दामाथि जान सकेको छैन ।

खेलको पहिलो हाफमा राम्रो खेलेको नाइजेरियाका लागि इम्यानुयल इमेनिके गोल गरेका थिए तर, अफसाइड रहृयो । फ्रान्सका पल पोग्बाको प्रहार नाइजेरियाली गोलरक्षकले रोके । दोस्रो हाफमा फ्रान्सका करिम बेन्जिमाको प्रहार भिक्टर मोससले गोललाइनबाट बचाएका थिए भने योहान काबाइको प्रहार बारमा लागेर फर्कियो ।

तर, ७९ औं मिनेटमा पल पोग्बाले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए । खेलको अन्तिममा म्याथु वालबेनाको प्रहार क्लियर गर्न खोज्दा योबोेले आफ्नो पोष्टमा गोल गरेपछि फ्रान्सले २-० को जित निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment