Comments Add Comment

जर्मनीले सर्वियासँग बराबरी खेल्यो

७ चैत, काठमाडौं । जर्मनीले मैत्रीपूर्ण फुटबल खेलमा सर्वियासँग बराबरी खेलेको छ ।

बुधबार राति भएको खेलमा जर्मनीले कमजोर मानिएको सर्वियासँग १-१ गोलको बराबरी खेलेको हो ।

घरेलु मैदानमा भएको खेलमा जर्मनीले अधिकांस समय बल नियन्त्रणमा लिएपनि सर्वियामाथि जीत हात पार्न भने सकेन ।

खेलको १२औं मिनेटमा नै सर्वियाले अग्रता लियो । लुका जोभिकले गोल गर्दै सर्वियालाई अग्रता दिलाएका थिए । उनकै गोलले सर्वियाले पहिलो हाफसम्म जर्मनीमाथि १-० गोलको अग्रता बनाएको थियो ।

पहिलो हाफमा १-० गोलले पछि परेको जर्मनीले दोस्रो हाफमा गोल गर्दै हारबाट जोगिएपनि जीत हात पार्नबाट भने चुक्यो ।

खेलको ६९औं मिनेटमा लियोन गोरेट्जकाले गोल गर्दै जर्मनीलाई १-१ गोलको बराबरी दिलाएका थिए । बाँकी समयमा दुबै टिमले गोल गर्न नसकेपछि खेल बरारीमा सकिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment