Comments Add Comment

जुडोकी सुनीता सर्वोत्कृष्ट, शक्ति गौचन पश्चिमाञ्चलबाट उत्कृष्ट

१७ असार, काठमाडौं । जुडोकी सुनीता बोहोराले दशरथ चन्द मेधावी प्रतिभा खेलाडी पुरस्कार अन्तर्गत सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन् ।

सुनीताले प्रशंसा पत्रका साथै नगद १५ हजार एक रुपैयाँ प्राप्त गरिन् । सुनीताले गत अपि्रलमा काठमाडौंमै भएको सातौं एसियाली जुडो च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् । नेपाली खेलाडीले उक्त प्रतियोगितामा जितेको त्यो नै एक मात्र स्वर्ण हो ।

क्षेत्रगत रुपमा पाँचै विकास क्षेत्रको प्रतिनिधित्व हुने गरी पाँच उत्कृष्ट खेलाडीको अवार्डबाट पुरस्कृत भए । पूर्वाञ्चलबाट उसुका विशाल थापा सिन्जाली उत्कृष्ट चुनिए । उनले गत साउनमा फिलिपिन्समा भएको सातौं एसियाली जुनियर उसु च्याम्पियनसिपमा कांस्य जितेका थिए । पाकिस्तानको लाहोरमा गत मार्चमा भएको १० औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपका स्वर्ण विजेता सुजन तामाङ मध्यमाञ्चलबाट उत्कृष्ट ठहरिए ।

बंगलादेशमा गत मार्च/अपि्रलमा भएको आईसीसी ट्वान्टी-ट्वान्टी विश्व कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका शक्तिप्रसाद गौचन पश्चिमाञ्चलबाट उत्कृष्ट चुनिए । ट्रायथलनका टीका थापा मध्यपश्चिमाञ्चलबाट उत्कृष्ट घोषित भए । उनले चीनमा भएको एसियाली कप ट्रायथलनमा पहिलो स्थान हात पारेका थिए ।

सुदूरपश्चिमाञ्चलबाट भलिबलकी सरस्वती चौधरी उत्कृष्ट बनिन् । उनले विभिन्न घरेलु प्रतियोगितामा आफ्नो टिम एपीएफ क्लबलाई उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । उत्कृष्ट पाँचैले प्रशंसापत्र र १० हजार एक रुपैयाँका दरले नगद पुरस्कार पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment