Comments Add Comment

स्विट्जरल्याण्डलाई हराउँदै अर्जेन्टिना अन्तिम आठमा

Messi

१८ असार, काठमाडौं । अतिरिक्त समयको अन्तिममा एन्जल डी मारियाले गरेको गोलको मदतमा स्विट्जरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मध्यरातमा सकिएको निकै प्रतिस्पर्धात्मक खेलमा अर्जेन्टिनाले १-० को संघर्षपूर्ण जित निकालेको हो । अब सेमिफाइनल प्रवेशका लागि बेल्जियम र अमेरिकाबीचको बिजेतासँग खेल्नेछ ।

दुई पटकको च्याम्पियन अर्जेन्टिना पछिल्ला दुई संस्करणमा क्वाटरफाइनलबाटै घर फर्किनु परेको थियो । सन् १९७८ मा पहिलो पटक उपाधि जितेको अर्जेन्टिनाले आठ वर्षपछि फेरि ट्रफी उचाल्यो । १९९० मा उपविजेता बनेयता भने उसले क्वाटरफाइनल पास गर्न सकेको छैन । पछिल्लो पटक सन् १९५४ मा क्वाटरफाइनल पुगेयता स्विट्जरल्याण्ड भने अघि बढ्न सकेको छैन ।

साओ पाओलोमा भएको खेलमा बल पोजिसन राम्रो बनाएको अर्जेन्टिनाले गोलका लागि भने ११८ औं मिनेटसम्म कुर्नु परेको थियो । समूह चरणका तीन वटै खेलमा गोल गर्दै अर्जेटिनालाई जिताएका मेस्सीले प्रिक्वाटरफाइनलमा गोल नगरे पनि निर्णायक गोलका लागि उत्कृष्ट पास मिलाइदिए । मेस्सीको पासमा डी मारियाको लेफ्ट फुट सट गोलमा परिणत भएको थियो ।

Messi-1

डी मारियोको गोल लगतै स्विट्जरल्याण्डले बराबरीको राम्रो प्रयास गरेको थियो । डिबक्स बाहिरबाट साकिरीकले हानेकाे बलमा स्विट्जरल्याण्डका डिजामालीको हेड पोलमा लागेर बाहिरिएको थियो ।

खेलमा दुबै टोलीले केही राम्रा मुभहरु बनाएका थिए । स्विट्जरल्याण्डका खेलाडी वान भर्नेज जानमा समेत चुकेका थिए । उसका केही राम्रा प्रहार अर्जेन्टिनी गोलरक्षकले रोकेका थिए ।

खेल अवधिभर मेस्सीलाई निकै मार्क गरेको स्विट्जरल्याण्डको डिफेन्स र गोलरक्षकको प्रदर्शन राम्रो थियो । उसका गोलरक्षकले केही उत्कृष्ट बचाउ गरेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment