Comments Add Comment

हिमालय बैंकद्धारा वृद्धाश्रमलाई सहयोग

Himalayan-Bank
१८ असार, काठमाडौं । हिमालयन बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सानो ठिमीस्थित ‘ओम बृद्घाश्रम’का बृद्घाहरुलाई सहयोग प्रदान गरेको छ ।

बैंकले वृद्घाश्रममा आश्रति ११ जना वृद्घाहरुलाई ओढ्ने तथा लगाउने कपडाहरु, खाना पकाउने राइस कुकर, चामल लगायतका वस्तुहरु प्रदान गरेको छ । देशका विभिन्न स्थानबाट आएका असक्त तथा असहाय बृद्घाहरुलाई उक्त बृद्घाश्रमले विगत ४ वर्षदेखि आश्रय दिइरहेको छ । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक समशेर जबराले सहयोग हस्तान्तरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment