Comments Add Comment

रकम पाएपछि ‘मेरी बास्सै’ सुरु, ‘तक्मे बुढा’ले २ बर्षदेखि तलब पाएनन्

meri-bassai

चर्चित हाँस्य सिरियल ‘मेरी बास्सै’ नयाँ भागसहित सुरु भएको छ । करिब डेढ महिना रोकिएको यो सिरियल मंगलबारबाट नयाँ भागसहित सुरु भएको छ । केदार घिमिरे अर्थात ‘माग्ने बुढा’ बिरामी भएकाले सिताराम कट्टेल अर्थात ‘धुर्मुस’ले मात्र नयाँ भाग छायांकन गरे ।

सितारामले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘केदारजी बिरामी भएकाले नयाँ भाग खिच्नु भएन । सायद सन्चो भएपछि आउनुहुन्छ होला ।’

उनले मिडिया हबले आफूहरुलाई राम्रै रकम दिन बाँकी रहेको बताए । तर तत्काल राम्रै रकम दिएकाले कार्यक्रम नयाँ सुरु गरेको उनको भनाई छ । असार मसान्त अगाडि नै बाँकी रकम चुक्ता हुने उनको तर्क छ । उनले रकम भने खुलाउन चाहेनन् ।

यता सिरियलका चर्चित कलाकार विल्सन विक्रम राई अर्थात ‘तक्मे बुढा’ले भने, ‘मेरो निर्देशक केदार घिमिरे हुनुहुन्छ । उहाँले बोलाउनु भयो भने जान्छु, होइन भने त म कलाकार कसरी जान सक्छु र ।’ उनले आफूले ‘मेरी बास्सै’मा काम गर्न थालेको २ बर्ष भएपनि एक रुपैयाँ नपाएको बताए । तर पनि केदार घिमिरेकै कारणले आफू चर्चामा आएकाले पैसाकै कारणले नरोकिने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment