Comments Add Comment

डेभिड लुइजले रुँदै समर्थकसँग माफी मागे (भिडियोसहित)

Brazil

विश्वकप फुटबलको सेमिफाइनलमा जर्मनीसँग ७-१ को लज्जाजनक हार बेहोरेपछि ब्राजिलका कप्तान डेभिड लुइजले रुँदै समर्थकमाझ माफी मागेका छन् ।

चोटका कारण विश्वकप गुमाएका स्टार स्ट्राइकर नेयमार र नियमित कप्तान थिएगो सिल्भाका अनुपस्थितिमा ब्राजिललाई विश्वकपको फाइनलमा पुर्‍याउने जिम्मेवारी लुइजसहितको टोलीले लिएको थियो ।

तर, धेरैको अपेक्षा विपरित ७-१ को लज्जाजनक हार बेहोरेपछि डेभिड लुइजले दिएको यो रुन्चे अन्तवार्ता अहिले भाइरल भइरहेको छ । अन्तराष्ट्रिय संचारमाध्यमहरुले लुइजको अन्तवार्तालाई हारपछिको ‘सवैभन्दा खराव’ अन्तवार्ताको संज्ञा दिएका छन् ।

ब्राजिली भाषामा उनले जनतासँग माफी माग्दै भनेका छन- म सवै ब्राजिली जनता सवै समर्थकसँग माफी चाहान्छु । मैले सवैको अनुहारमा मुस्कान देख्न चाहेको थिएँ, सवै ब्राजिलीको अनुहारमा मुस्कान देख्न पाउनु कति महत्वपूर्ण कुरा थियो, त्यो मलाई राम्रोसँग थाहा छ ।’

अन्तवार्ताको अवधीभर उनी रोइरहेका थिए । रुँदै लुइजले भने-‘उनीहरु हामीभन्दा अब्बल थिए, उनीहरुले राम्रो तयारी गरेका थिए र उनीहरु राम्रो खेले । यो हाम्रा लागि निकै खराव दिन हो तर यही दिनबाट हामीले धेरै कुरा सिक्नुपर्छ ।’

ब्राजिलका गोलरक्षक जुलियो सिजरले हाल अस्वीकार्य भएको बताए । सबै खेलाडीले माफी मागेको भन्दै उनले सबै समर्थकलाई धन्यवाद दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment