Comments Add Comment

आर्यन ‘आवेग’मा आउँदा अर्चनाको जवानीलाई के होला ?

aaryana-and-archana

नायक आर्यन सिग्देल फेरि अर्को एक एक्सन चलचित्रमा देखिने भएका छन् । बसन्त निरौलाले निर्देशन गर्न लागेको चलचित्र ‘आवेग’मा आर्यन मुख्य भूमिकामा काम गर्दैछन् । उनको साथमा आइटम गर्ल अर्चना डेलाल मुख्य नायिकाको रुपमा देखिनेछिन् । साउन १५ गतेबाट छायांकनमा जान लागेको यो चलचित्रको आज भैसेपाटीमा रहेको कार्यविनायक मन्दिरमा पुजा गरिएको छ ।

यमन म्यूजिक र वी.एन फिल्मस्को प्रस्तुतीमा बन्न लागेको यो चलचित्रमा पवित्रा आचार्य, ध्रुव दत्त, रमेश वुढाथोकीको पनि मुख्य भूमिका रहनेछ । चलचित्रको प्रस्तुतकर्ता सूर्य कार्की हुन् । चलचित्रको छायांकन एक आइटम गीतबाट सुरु गरिने निर्देशक निरौलाले जानकारी दिए ।

चलचित्रको उक्त गीतमा अर्चनाले फेरि आफ्नो जवानी देखाउनेछिन् । धन सिंह केसी र राजेन्द्र घिमिरे निर्माता रहेका छन् । चलचित्रमा अष्ट महर्जनको एक्सन, पुरुषोत्तक प्रधानको छायांकन छ । aabeg-ko-muhurta-ma

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment