Comments Add Comment

बजेटले घरेलु उद्योगलाई सम्बोधन नगरेको गुनासो

३२ असार, काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले सानो पुँजीबाट सञ्चालन हुने लघु, घरेलु तथा साना उद्योगलाई बजेटले सम्वोधन नगरेको गुनासो गरेको छ । मुलुकको आर्थिक मेरुदण्डका रुपमा रहेका लघु, घरेलु तथा साना उद्योगको FNCSI-Logosविषयमा बजेटमा एक शब्दसम्म नखर्चिनु दुर्भाग्य रहेको महासंघले बताएको छ ।

‘लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवर्द्धनका लागि महासंघ र सरकारले अगाडी सारेका योजना तथा कार्यक्रमलाई बजेटमा समावेश गरिएको छैन्’ महासंघ अध्यक्ष शुरेस प्रधानद्धारा बुधवार जारी विज्ञप्तिमा भनिएको छ-  भनिएको छ- ‘बजेटले साना उद्यमीको हितमा कार्यक्रमलाई प्राथमिकता नदिएका कारण रुग्ण घरेलु उद्योगहरुलाई पुनस्र्थापना गर्न समस्या हुने देखिएको छ ।’

सरकारले मुलुकको अर्थतन्त्रलाई वलियो बनाउन नियमित समयमा नै बजेट ल्याउनु सकारात्मक पक्ष भएपनि बजेटले घरेलु तथा साना उद्यमीको हितमा कार्यक्रम नल्याएका कारण विरोध गर्नुपरेको अध्यक्ष प्रधानले बताए । लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवर्द्धनका लागि महासंघले अघि सारेका जायज माग तथा कार्यक्रमहरुलाई लोकतान्त्रिक सरकारले आगामी दिनमा कुनै न कुनै कार्यक्रममार्फत सरकारले सम्बोधन गर्ने महासंघले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment