Comments Add Comment

प्रधानमन्त्रीको उपचार खर्च ४८ लाख ४२ हजार

३ साउन, काठमाडौँ । अर्थ मन्त्रालयले प्रधानमन्त्री सुशील कोइरालाको उपचार गर्न ४८ लाख ४२ हजार ५ सय २८ रुपैयाँ निकासा दिएको छ । कोइराला फोक्सोको क्यान्सरको उपचार गर्न असार २ गते अमेरिका प्रस्थान गरेका थिए ।pm-sushil-koirala

प्रधानमन्त्री कोइरालाको उपचार गर्न पहिलो किस्तामा २९ लाख २६ हजार ३ सय २८ र दोस्रो किस्तामा १९ लाख १६ हजार २ सय रुपैयाँ परराष्ट्र मन्त्रालयलाई निकासा दिइएको अर्थमन्त्रालयले जनाएको छ । आजको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

परराष्ट्रले अमेरिकास्थित नेपाली नियोगमार्फत कोइरालाले उपचार गराएको अस्पताललाई भुत्तानी दिनेछ । प्रधानमन्त्रीको उपचार अमेरिकाको न्युयोर्कस्थित मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा भएको हो ।

मन्त्रिपरिषद्को २९ जेठको बैठकले उपचार गर्न अमेरिका जान प्रधानमन्त्रीलाई स्वीकृति दिँदै उपचार खर्च सरकारले ब्यहोर्ने निर्णय गरेको थियो । २ असारमा अमेरिका प्रस्थान गरेका कोइराला मंगलबार स्वदेश फर्कँदैछन् । उपचारपछि उनी क्यान्सरमुक्त भएको सहयोगीहरुको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment