Comments Add Comment

पत्रपत्रिकाबाट

List Grid
विप्लवको हेर्डक्वार्टरमै चिरा, पार्टीले अविश्वास गरेपछि ‘प्रकाण्ड’ निस्क्रिय

१० चैत, काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका नेता हेमन्तप्रकाश ओली सुदर्शन पक्राउ र त्यो पार्टीभित्र देखिएको मतान्तर आजका दैनिक पत्रिकाहरूको हेडलाइन बनेको छ । त्यस्तै, सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलन, गुमनाम प्रदेश प्रमुख र विद्यार्थी राजनीतिको पछिल्लो प्रवृत्तिलाई पनि आजका पत्रिकाहरुले केलाएका छन् । कान्तिपुरले विप्लव नेतत्वको नेकपाको अन्तरकुन्तर केलाएको छ । […]

छापामा आज : प्रधानमन्त्रीको किचन क्याबिनेट नै फितलो, विप्लव पक्राउ परे जन्मकैद

९ चैत, काठमाडौं । आज शनिबार, राजधानी काठमाडौंबाट प्रकाशित अधिकांश दैनिक पत्रिकाहरूले खोजमूलक विषयलाई प्रमुख समाचार बनाएका छन् । प्रदेश सरकारको काम–कारबाहीदेखि प्रधानमन्त्री केपी शर्मा ओलीको किचन क्याबिनेटसम्मको चर्चा पत्रिकाहरुले गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको किचन क्याबिनेट नै फितलो भएको निष्कर्ष राजधानीले निकालेको छ । सरकारले जनअपेक्षा अनुसार काम गर्न नसक्दा किचन क्याबिनेटको […]

भारतको चुनावमा नेपालको मानमर्दन

८ चैत, काठमाडौं । आजका पत्रिकाहरुमा लगानी सम्मेलनसँग सम्बन्धित समाचार प्राथमिकतामा परेको छ । कान्तिपुर दैनिकमा ‘चिनियाँको चासो बढी’ शीर्षकमा काठमाडौंमा आगामी साता आयोजना हुन लागेको लगानी सम्मेलनको समाचार छ । सम्मेलनमा ३८ देशका ६ सय २० लगानीकर्ता सहभागी हुने निश्चित भएकामा चीनका २ सय ९ जना सरकारी अधिकारी तथा लगानीकर्ताले नाम टिपाएको समाचारमा लेखिएको […]

आजका पत्रपत्रिका : त्रिवि उपकुलपतिकै संरक्षणमा मेडिकल कलेजमा ठगी

७ चैत, काठमाडौं । राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरुको प्राथमिकतामा राजनीतिसँगै स्वास्थ्य तथा शिक्षा क्षेत्रमा रहेका बेथितिहरु परेका छन् । त्यस्तै, पूर्वाधार निर्माणमा भइरहेको लापरबाही र स्थानीय तहको बढ्दो मनपरीतन्त्रमाथि पनि पत्रिकाहरुले नजर लगाएका छन् । प्रदेश २ सँग केन्द्र सरकारको पुनः खटपट सुरु भएकोलाई कान्तिपुरले आज मुख्य समाचार बनाएको छ । कान्तिपुरका अनुसार, […]

आजका पत्रपत्रिका : विप्लव खोज्दै सेना, कालीकोटमा सर्च अपरेशन

६ चैत, काठमाडौं । राजधानीबाट आज प्रकाशित अधिकांश दैनिक पत्रिकाले बेथिति र अनियमिततासँग सम्बन्धित विषयलाई प्रमुख समाचार बनाएका छन् । त्यस्तै, विप्लव समूहको बढ्दो गतिविधि र नियन्त्रणका प्रयासलाई पनि पत्रिकाहरुले ‘कभरेज’ गरेका छन् । भीडीयो कलमार्फत दाङ जिल्ला अदालतले एक अभियुक्तसँग लिएको बयानको तस्वीर छापेको कान्तिपुरले सेनालाई ठूला आयोजना ठेक्का दिनुको मक्सदबारे केलाएको छ । […]

छापामा आज : पीडितलाई नै बिचौलिया बनाएर अढाई करोड ठगी

५ चैत, काठमाडौं । राजधानी काठमाडौंबाट आज प्रकाशित प्रमुख दैनिक पत्रिकाहरूको पहिलो पृष्ठ आशा जगाउनेभन्दा पनि निराशाजनक खबरहरूले भरिएका छन् । खासगरी स्वास्थ्य, पूर्वाधार निर्माण र वैदेशिक रोजगारभित्रको बेथिति तथा सरकारी कार्यालयहरुको सेवा प्रवाहको खस्कँदो अवस्थाको चित्र पत्रिकाहरुले प्रस्तुत गरेका छन् । यद्यपि, स्वदेशी उत्पादनको बजार व्यवस्थापन गर्न सरकारले पशुपंक्षी आयातमा लगाएको रोकलगायतका आशा जगाउने […]

छापामा आज : ‘दर्ता नगरे सामाजिक सञ्जाल बन्द’

४ चैत, काठमाडौं । काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरुले विविध विषय उठाएका भए पनि पहिलो प्राथमिकतामा अनियमितता र बेथितिसँग सम्बन्धित विषय परेका छन् । त्यस्तै, राजनीति, सुरक्षासँग सम्बन्धित सामग्रीलाई पनि पत्रिकाहरुले स्थान दिएका छन् । कान्तिपुरले मेडिकल कलेजको अवैध असुलीबारे मुख्य समाचार बनाएको छ । ‘लाखौं ठग्दै मेडिकल कलेज’ शीर्षक समाचारमा सुदीप कैनी लेख्छन्– ललितपुरको […]

छापामा आज : विप्लवमाथि निगरानी गर्न रोल्पामा बढाइयो सुरक्षाकर्मी

३ चैत, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित अधिकांश दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा राजनीतिक विषय नै परेको छ । पत्रपत्रिकाहरुले दलभित्रको विवाददेखि मन्त्रीमण्डल हेरफेरसम्मका विषयलाई विविध शीर्षकमा उतारेका छन् । त्यस्तै, बेथिति र अनियमिततासँग सम्बन्धित सामग्रीलाई पनि पत्रपत्रिकाहरुले समेटेका छन् । विप्लवको निगरानीका लागि बढाइयो सुरक्षाकर्मी रोल्पा तत्कालीन माओवादी प्रभावित क्षेत्रका रुपमा चिनिन्छ । […]

सुरक्षा ‘थ्रेट’ : प्रचण्डवरिपरि ५९ सुरक्षाकर्मी

२ चैत, काठमाडौं । आज राजधानीबाट प्रकाशित पत्रिकाहरुमा फरक फरक विषयवस्तु प्रमुख हेडलाइन बनेका छन् । यद्यपि कतिपयले २०७६ सालमा सरकारले १५ दिन सार्वजनिक विदा दिने निर्णय गरेको र न्यूजिल्याण्डको मस्जिदमा आक्रमण भएको विषयलाई पनि पहिलो पृष्ठमा स्थान दिएका छन् । रेमिट्यान्ससँगै भित्रिन्छन् शिशु नागरिक दैनिकले वैदेशिक रोजगारीमा गएका महिलाहरुले गर्भ बोकेर स्वदेश फर्किने गरेको […]

आजका पत्रिका : के हुन् विप्लवका माग, किन भएन वार्ता ?

१ चैत, काठमाडौं । राजधानी काठमाडौंबाट  प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषय उठाएका भए पनि विप्लवसँग सम्बन्धित विषयले नै आज पहिलो प्राथमिकता पाएको छ । सरकारको प्रतिबन्धपछि उसले सञ्चालन गरिरहेको हिंसात्मक गतिविधि र प्रचण्डले गरेको दाबीलाई पत्रिकाहरुले विभिन्न शीर्षकमा उतारेका छन् । त्यस्तै, सामाजिक सुरक्षा कार्यक्रमको कार्यान्वयनमा देखिएको जटिलता, स्वास्थ्य क्षेत्रको अनियमिततालगायत विषय पनि आजका पत्रपत्रिकाहरूको […]

प्रहरीलाई सरकारको निर्देशन– हतियार भेटिए तत्काल गोली हान्नू

३० फागुन, काठमाडौं । राजधानी काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरु आज पनि विप्लवमाथि लगाइएको प्रतिबन्धमाथि केन्द्रित छन् । खासगरी नेकपामा देखिएको विवाद र प्रहरीको सुरक्षा रणनीतिबारे  दैनिक पत्रिकाहरुले लेखेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अवकाशको मुखमा मुद्दा नहेर्न न्यायाधीशलाई दिएको निर्देशनलाई पनि पत्रिकाहरुले ‘कभरेज’ गरेका छन् । त्यस्तै, कांग्रेस विवाद, यौनधन्दालगायतका विषयलाई आजका पत्रिकाहरुले स्थान दिएका […]

आजका पत्रपत्रिका : कालोसूची सार्वजनिक गर्न हच्कियो मानवअधिकार आयोग

२९ फागुन, काठमाडौं । विप्लव नेतृत्वको नेकपामाथि सरकारले लगाएको प्रतिबन्ध आजका सबै दैनिक पत्रिकाहरुको हेडलाइन बनेको छ । त्यस्तै, मन्त्रिमण्डल पुनर्गठन, मानवतस्करीलगायत विषयलाई पनि पत्रिकाहरुले उठाएका छन् । कान्तिपुर, अन्नपूर्ण, नागरिक, राजधानीलगायत सबै दैनिक पत्रिकाले लगभग उस्तै हेडलाइन दिएर विप्लव समूहमाथि सरकारले लगाएको प्रतिबन्धबारे जानकारीमूलक समाचार लेखेको छन् । ‘चन्दका गतिविधि प्रतिबन्धित’ शीर्षक समाचारमा कान्तिपुरले […]

गैरसरकारी संस्था अब गृह मातहत, ५२ अर्ब लगानीको हिसाब खोज्ने

२८ फागुन, काठमाडौं । एनजीओ–आईएनजीओलाई गृहमन्त्रालय मातहत ल्याइएकोदेखि नेकपाभित्रको गुटबन्दीसम्मका विषय आजका पत्रपत्रिकाहरुको हेडलाइन बनेका छन् । सरकार–सिके राउत सम्झौतापछि व्याप्त संशयबारे प्रधानमन्त्रीले दिएको प्रष्टीकरणलाई पनि पत्रिकाहरुले समेटेका छन् । राजधानी दैनिकले देशभर रहेका गैरसरकारी संस्था (एनजीओ) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) अब गृह मन्त्रालय मातहत आउने लेखेको छ । सरकारले समाज कल्याण परिषद् र […]

सीकेलाई राष्ट्रियसभामा लैजाने सहमति, विप्लवका नेता खोज्न सर्च अभियान

२७ फागुन, काठमाडौं । सीके राउत समूहले सरकारसँगको सहमति उल्लंघन गर्दै आइतबार गरेको प्रदर्शन आजका सबै दैनिक पत्रिकाहरुको हेडलाइन बनेको छ । विखण्डनको राजनीति छाडेको भन्दै सरकारसँग ११ बुँदे सहमति गरेको पर्सिपल्टै राउत स्वतन्त्र मधेस माग्दै आयोजना गरिएको र्‍यालीमा सहभागी बनेका छन् । आज प्रकाशित कान्तिपुर, अन्नपूर्ण, राजधानी, अन्नपूर्ण र नयाँ पत्रिकाले यही विषयमा मुख्य […]

सुरक्षा प्रमुखलाई गृहमन्त्रीको निर्देशन– विप्लवलाई राजनीतिक व्यवहार नगर्नू

२६ फागुन, काठमाडौं । राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरुले भिन्न–भिन्न विषयहरुलाई प्राथमिकता दिएर छापेका छन् । विप्लवलाई राजनीतिक व्यवहार नगर्न गृहमन्त्रीले दिएको निर्देशनलाई कुनैले मुख्य समाचार बनाएका छन् भने केहीको नजर घट्दो विदेशी मुद्रा स्रोत, प्रदूषणमा परेको छ । सरकारसँग ११ बुँदे सम्झौता गरेर मूलधारको राजनीतिमा प्रवेश गरेका सीके राउतका सम्भावित कदमबारे पनि आजका […]

सीके राउत मधेस राजनीतिको तेस्रो धार !

२५ फागुन, काठमाडौं । राजधानी काठमाडौंबाट आज प्रकाशित पत्रिकाहरुले सरकार र सीके राउतसँग भएको राजनीतिक सहमतिलाई महत्वका साथ छापेका छन् । कान्तिपुर दैनिकले ‘राउतले छाडे विखण्डनको मुद्दा’ शीर्षकमा समाचार छापेको छ । नागरिक दैनिकमा ‘सीकेको सेफ ल्याण्डिङ’ शीर्षकमा र अन्नपूर्ण पोष्ट दैनिकमा ‘मूलधारतिर सीके राउत’ शीर्षकमा समाचार कभरेज गरिएको छ । तर, नयाँ पत्रिका दैनिकले […]

छापामा आज : नेपालमा तत्काल पानीजहाज कठिन भएको विज्ञको निष्कर्ष

२४ फागुन, काठमाडौं । महिलासँग सम्बन्धित विषय आजका सबैजसो दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा परेको छ । अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भ पारेर पत्रपत्रिकाहरुले महिला अधिकारका विविध पाटा–पक्ष केलाएका छन् । त्यस्तै पानीजहाज सम्भाव्यता अध्ययन टोलीको निष्कर्ष, सरकारको काम–कारबाहीलगायत विषयलाई पनि पत्रिकाहरुले समेटेका छन् । कान्तिपुरले ‘वर्षभरि महिला आन्दोलित’ शीर्षक दिएर बितेका १ वर्षमा भएका महिला आन्दोलनबारे चर्चा […]

समृद्धिका लागि ९८ खर्ब चाहिने : राष्ट्रिय योजना आयोग

२३ फागुन, काठमाडौं । जिल्ला अदालत कैलालीले सांसद् रेशम चौधरीलाई बुधबार सुनाएको जन्मकैदको फैसला नै आजका सबै दैनिक पत्रिकाहरुको मुख्य समाचार बनेको छ । कालीकोटमा खुलेको रोजगार बैंक र फोर्ब्सले सार्वजनिक गरेको अर्बपतिको सूचीबारे पत्रिकाहरुले नछुटाइकन खबर लेखेका छन् । यसबाहेक, स्वास्थ्य, राजनीति, बेथिति, अनियमिततालगायत विषयलाई पनि पत्रिकाहरुले समेटेका छन् । गोरखापत्रले राष्ट्रिय योजना आयोगले […]

अर्थमन्त्री खतिवडा ‘फेल’, अधिकांश सूचक कमजोर भएपछि बजेट लक्ष्य घटाइयो

२२ फागुन, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरुको पहिलो पृष्ठ निराशा, बेथिति र कुशासनकै विषयहरुले भरिएका छन् । बजेटको लक्ष्यअनुसार खर्च नभएकोदेखि नक्कली भ्याटबिलको बिगबिगी बढेकोसम्मका खबरहरुलाई पत्रिकाहरुले छापेका छन् । त्यस्तै, रेल किन्न बजेट अभाव भएको, एयरबस मर्मतमा नियमविपरीत बढी मूल्य राख्ने कम्पनीलाई ठेक्का दिइएका समाचार पनि पत्रिकामा समेटिएका छन् । […]

आजका पत्रपत्रिका : देशको सबैभन्दा ठूलो सुरक्षा चुनौती ‘नाकाबन्दी’

हेलिकप्टर दुर्घटना र नेकपा नेता भरतमोहन अधिकारीको मृत्युमा केन्द्रित रहेर केही दिनदेखि समाचार प्रकाशित गर्दै आएका दैनिक पत्रिकाहरु आजबाट विस्तारै अन्य विषयतर्फ लागेका छन् । केहीले खोजमूलक विषय पस्केका छन् भने कुनैले समसामयिक राजनीतिकलगायत विषय उठाएका छन् । शिक्षक प्रदर्शनको तस्वीर प्रकाशित गरेको अन्नपूर्णले केन्द्र र स्थानीय तहको टसलबारे मुख्य समाचार लेखेको छ । ‘केन्द्रको […]

छापामा आज : काठमाडौंका स्कुलको नाम अब नेपालीमा राख्नुपर्ने

२० फागुन, काठमाडौं । राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरुले आर्थिक सहायतामा देखिएको बेथितिदेखि सहकारीमाथिको कमजोर नियमनसम्मका विषय उठाएका छन् । त्यस्तै, ग्यासमा कमिसन बढाउन सुरु भएको चलखेल, स्कुलको नाम नेपाली नाम लेख्नुपर्ने भनेर काठमाडौं महानगरपालिकाले बनाएको नियम लगायतलाई पनि आजका पत्रिकाहरुले स्थान दिएका छन् । नागरिक दैनिकका अनुसार, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा […]