Comments Add Comment

कर्मचारी समायोजन सकियो, अब २० हजार पदमा भर्ना खुल्ने

अमेरिका लैजाने भन्दै दलालले ठगे सांसद्

१५ चैत, काठमाडौं । शुक्रबारबाट सुरू हुन गइरहेको लगानी सम्मेलन आजका सबै दैनिक पत्रिकाहरूको पहिलो प्राथमिकतामा परेको छ । पूर्वराज्यमन्त्रीसहित ७ विरुद्ध अदालतले सुनाएको जन्मकैदको फैसलालाई पनि आजका पत्रिकाहरूले ‘कभरेज गरेका छन् ।

यसबाहेक छुवाछुत, एसईई परीक्षा लापरबाही, कर्मचारी समायोजनलगायत विषयले पनि आजका पत्रिकामा ठाउँ पाएका छनन् ।

मुख पृष्ठमा लगानी सम्मेलनमा सहभागी हुन आएका पाहुनाको तस्वीर छापेको कान्तिपुरले प्रदेश सांसदलाई छक्याएर दलालले ठगी गरेको लेखेको छ । कर्णाली प्रदेशसभाका दुई सांसदसँगै अमेरिका लैजाने भन्दै दलालले झण्डै दर्जन व्यक्तिसँग लाखौं ठगी गरेका हुन् ।

कान्तिपुरका अनुसार अमेरिकाबाट एउटा कार्यक्रममा सहभागिताका लागि निम्ता आएको भन्दै सांसदद्वय अमरबहादुर थापा र सीता नेपालीलाई झुक्याएका दलालले उनीहरूकै नाम बेचेर अन्य व्यक्तिसँग लाखौं उठाएको पाइएको छ ।

कान्तिपुर लेख्छ– ओएस नेपालको आयोजनामा क्यालिफोर्नियामा हुने महिला हिंसा र छाउपडी विषयक कार्यक्रममा सहभागिताका लागि फोनमा निम्ता आएपछि सांसदद्वयले अमेरिकी दूतावासमा भिसा आवेदन गरेका थिए । आवेदन अस्वीकृत भएपछि सांसद्सँगै अरू व्यक्तिसमेत ठगिएको खुलेको हो ।

जनकपुर विस्फोट आरोपमा पूर्वराज्यमन्त्रीसहित ७ लाई जन्मकैद सुनाएको, प्रदेश २ को एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएकोलगायत खबरलाई पनि कान्तिपुरले पहिलो पृष्ठमा समेटेको छ ।

विश्वकै लामो नुन–गुफाको तस्वीर अन्नपूर्णले लगानी सम्मेलनमाथि मुख्य समाचार बनाएको छ । ओखलढुंगाको खानेपानी समस्यालाई अन्नपूर्णले एंकर बनाएको छ ।

नागरिकको पहिलो पृष्ठमा ले अपांगमैत्री सडक माग गर्दै अपांगता भएका व्यक्तिले गरेको प्रदर्शन, लगानी सम्मेलनलगायत समेटिएका छन् ।

राजधानीले कर्मचारी समायोजनसँगै सरकारले संघ, प्रदेश र स्थानीय गरी तीनै तहमा झण्डै २० हजार पदमा लोकसेवा खुलाउने गृहकार्य अघि बढेको लेखेको छ ।

समाचार अनुसार, कुन तहमा कति भर्ना खुल्ने भन्ने संख्या भने सरकारले निक्र्योल गर्न सकेको छैन । सरकारी पक्ष लामो समयसम्म कर्मचारी समायोजनमा अल्झिँदा लोकसेवाका परीक्षा अवरुद्ध हुँदै आएका थिए ।

गोरखापत्र दैनिकले लगानी सम्मेलनबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँगको विशेष अन्तर्वार्ता छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment