+

आठौं राष्ट्रिय खेलकुद वैशाखमा !

२०७५ चैत  १५ गते १६:५३ २०७५ चैत १५ गते १६:५३
आठौं राष्ट्रिय खेलकुद वैशाखमा !

१५ चैत, काठमाडौं । प्रदेश पाँचमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता वैशाखमा हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकले वैशाख ५ देखि ११ गतेसम्म नेपालगञ्जमा गर्ने मिति तय गरेको हो । यसअघि चैत महिनामै गर्ने भनिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सरेर वैशाखमा पुगेको हो ।

पटक पटक मिति सरिसकेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता बारे अन्यौलता छाएपछि युवा तथा खेलकुद मन्त्रालयले राखेपको बोर्ड बैठक बोलाएको थियो । शुक्रबार बसेको बोर्ड बैठकले अब नसर्ने गरी मिति तोकेको हो ।

राखेपका सदस्यसचिव केशवकुमार विष्टका प्रेस सल्लाहकार रोहित दाहालका अनुसार वैशाखमा गर्ने निर्णय भएको जानकारी दिएका हुन् । उनले भने, ‘बैठकले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता वैशाख ५ देखि ११ गतेसम्म गर्ने निर्णय गरेको छ ।’

प्रतियोगिताको उद्घाटन हुने भनिएको नेपालगञ्ज रंगशलाको निर्माण कार्य नसकेपछि अन्यौलता छाएको थियो । अहिले रंगशालाको भीआईपी प्याराफिट जडानको कार्य धमाधम भइरहेको छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय