Comments Add Comment

अन्तर्राष्ट्रिय किक बक्सिङमा देवराजलाई दोहोरो पदक

३ साउन, काठमाडौं । रुसको उफामा सम्पन्न प्रथम वाको (डब्लुएकेओ) अन्तर्राष्ट्रिय किक बक्सिङमा नेपाली खेलाडी देवराज श्रेष्ठले दुई पदक जितेका छन् ।

पुरुषतर्फ देवराजले लाइट कन्ट्याक्टमा रजत र सेमी कन्ट्याक्टमा कांस्य जितेको राष्ट्रिय किक बक्सिङ संघ नेपालका महासचिव समेत रहेका टिम प्रशिक्षक दीपक श्रेष्ठले जनाएका छन् ।

जुलाई १२ देखि १६ तारिखसम्म भएको प्रतियोगितामा नेपालले २ रजत र ३ कांस्य गरी जम्मा ५ पदक हात पारेको थियो ।

पुरुषको ७१ केजीमा दिवस श्रेष्ठले कांस्य जित्दै नेपालका लागि पदकको खाता खोलेका थिए । ५४ केजीमा रमेश गुरुङले कांस्य तथा ७५ केजीमा धनकृष्ण श्रेष्ठले रजत जिते ।

राजनकुमार भुजेलले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए । ६ सदस्यीय नेपाली टोली शनिबार स्वदेश फर्किएको टिम प्रशिक्षक श्रेष्ठले जानकारी दिए । उनीहरुलाई संघका पदाधिकारी, खेलाडीलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थालमा स्वागत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment